अर्जुन काफ्ले
स्याङ्जा, जेठ १८ गते । पुतलीबजार नगरपालिकामा कार्यरत कर्मचारीहरुले तीन दिन बराबरको तलब कोभिड कोषमा जम्मा गरेका छन् ।
आफूले खाईपाई आएको पारिश्रमिकबाट तीन दिन तलबबाट हुन आउने पाँच लाख ७९ हजार रुपियाँ पालिकाको कोभिड कोषमा जम्मा गरेका हुन् ।
पालिकाको कोभिड कोषमा जम्मा भएको रकम करेण्डाडा स्वास्थ्य चौकीमा अक्सिजनसहितको आइसोलेसन निर्माण गरिने पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो ।
उहाँले करेण्डाडा स्वास्थ्य चौकीमा थप पाँचवटा बेड समेत थप गरिने जनाउँदै बाँकी रहेको रकम पालिकाको कोभिड कोषमै रहने बताउनुभयो ।
पुतलीबजार नगरपालिकामा हाल पालिका, वडा कार्यालयहरु र स्वास्थ्यचौकीहरुमा गरी १४० जना कर्मचारी छन् ।