logo
२०८१ मंसिर १० सोमवार



उसु महासंघले खेलाडीलाई राहत वितरण गर्यो

समाज |
खेलकुद |


उसु महासंघले खेलाडीलाई राहत वितरण गर्यो
तस्विर-राखेप


गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते ।
नेपाल उसु महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । महासंघका पदाधिकारीले काठमाडांै उपत्यकाका विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् ।
महासंघले खेलाडीहरुलाई राहत सामग्री लैजान सहज होस् भनेर मनमैजु, जावलाखेल र बौद्धमा पुगेर हस्तान्तरण गरिएको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ४५ जना उसु खेलाडीलाई राहत सामग्री वितरण गरिएको छ ।
पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, एक प्याकेट नून, माक्सलगायतका सामग्री उपलब्ध गराएको छ । राहतका लागि उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले ६० हजार, उपाध्यक्ष हरि थापाले १० हजार, उपाध्यक्ष दुष्यन्त बस्नेतले १० हजार, कोषाध्यक्ष लानम लामाले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?