logo
२०८१ मंसिर ११ मंगलवार



गाउँघरमा लोकप्रिय खाँडी कपडा र सीप लोप हुँदै

समाज |


गाउँघरमा लोकप्रिय खाँडी कपडा र सीप लोप हुँदै
परम्परागत तानमा खाडीको कपडा बुन्दै मानेभञ्ज्याङगाउँपालकिा वडा नं. ४ की ६० वर्षिय असारमाया राई


मनोज भट्टराई
ओखलढुङ्गा, असोज २० गते । पछल्लिो समय जिल्लामा खाँडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको छ । बजारमा सस्तोमा आयातित कपडाको प्रभावका कारण जिल्लामा खाँडीको कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको हो ।
अहिले यी कपडा स्थानीय कच्चा पदार्थ र परम्परागत विधिबाट सीमित महिलाले मात्रै बुन्दै आएका छन् । आमाबाट खाँडीका कपडा बुन्न सिक्नु भएकी मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ ध्यप्लुकी ६३ वर्षीया असारमाया राईले भने अझैपनि खाँडीका कपडा बुन्न छोड्नुभएको छैन ।
असारमायाले अहिले पनि निरन्तर कपडा बुनिरहनुभएको छ । पहिले गाउँघरमा घरैपिच्छे खाँडीका कपडा बुन्ने चलन भए पनि आयातित कपडाको प्रभावका कारण अहिले यो चलन हराइसकेको उहाँको भनाइ छ ।
केही वर्ष अगाडि खाँडीका कपडा बुन्ने तालिम मुम्लुका महिलाहरूलाई दिइएको थियो तर खाँडीका कपडा बुन्न कसैले जाँगर चलाएनन् । अहिले ध्यप्लु गाउँमा मात्रै नभएर ओखलढुङ्गामै असारमाया र उहाँकी काइँली बहिनी प्रेमकुमारी राईले मात्रै खाँडीका कपडा बुन्ने गर्नुभएको छ । परम्परागत तान छाडेर आधुनिक तानमा खाँडीका कपडा बुन्ने गरेको असारमाया राईले बताउनुभयो ।
बुन्न मेहनत लाग्ने र तुलनात्मक रुपमा महँगो पर्ने भएकाले ओखलढुङ्गामा खाँडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको हो । स्थानीय कच्चा पदार्थ र परम्परागत विधिबाट निर्माण गरिने खाँडीका कपडालाई आयातित कपडाले विस्थापित गरेको छ । तर अहिले परम्परागत पहिरन, जातीय पहिरन र औपचारिक कार्यक्रमहरुमा लगाउने पोशाकका लागि खाँडीको कपडाको माग धेरै आउने गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?