logo
२०८२ असार ३ मंगलवार



कमला नदीमा ‘भूत मेला’ सुरू

समाज |


कमला नदीमा ‘भूत मेला’ सुरू


जनकपुरधाम, मङ्सिर २ गते । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ । प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भूत मेला लाग्ने गर्छ ।

धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरसहित विभिन्न स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गरेका छन्।

कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ बिहीबारदेखि नै भक्तजनको भीड लागेको छ । ठूलो संख्यामा मानिस बिहानैदेखि कमला नदीको तटमा पुगेका छन्। विभिन्न गाउँ तथा भारतबाट मेलामा सहभागी हुनका लागि कमला नदीमा श्रद्धालुको भीड लागेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?