logo
२०८१ बैशाख १२ बुधवार



ललिता निवास प्रकरणमा मुछिएका दम्पती पक्राउ

समाज |


ललिता निवास प्रकरणमा मुछिएका दम्पती पक्राउ
सांकेतिक तस्बिर


काठमाडौँ, पुस ७ गते । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (बिचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिनुभयो ।

यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?