काठमाडौं, पुस ९ गते । भूकम्पले क्षति पुर्याएका काठमाडौं उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक सम्पदामध्ये ११ वटा पुनःनिर्माण भएका गुठी संस्थानलाई हस्तान्तरण गरिएको छ ।
अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण ११ वटा सम्पदा निर्माण सम्पन्न गरेपछि भवन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुठी संस्थानलाई हस्तान्तरण गर्नुभएको हो ।
समितिले थापाथली टेकुमा २८ वटा सम्पदा निर्माण गर्नेमध्ये पहिलो प्याकेजमा ११ वटा निर्माण सम्पन्न गरेको समिति अन्तर्गत आयोजना सह–निर्देशक रमिता श्रेष्ठले जानकारी दिनुभयो ।
हस्तान्तरण भएका सम्पदाको व्यवस्थापनमा सम्बन्धित पक्षले विशेष ध्यान दिएर संरक्षण गर्दै सम्पदाको सहर काठमाडौंलाई बचाउन सहयोग गर्नुपर्ने मन्त्री झाँक्रीले बताउनुभयो ।
संस्थानलाई हस्तान्तरण गरिएका सम्पदामा शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहितघाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, कार्की सत्तल, मानन्धर सत्तल, मुन्सीघाट सत्तल र पञ्चनारी सत्तल छन् ।