logo
२०८१ बैशाख २६ बुधवार



रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून

समाज |


रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून


काठमाडौं, माघ २२ गते । परापूर्वकालका चोर पत्ता लगाउन जुन देवीको कसम खुवाइन्थ्यो माघ ८ गते उही देवीको मूर्ति चोरी भयो । माघ ८ गते शनिबार राति सुनाकोठीस्थित बालकुमारी भगवानको मूर्ति चोरी भएको हो ।

बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो । हरेक वर्ष मंसिर पूर्णिमा र चैत पूर्णिमामा बालकुमारी देवीको जात्रा गरिन्छ । चोरी भएको उक्त मूर्ति २५० देखि ३०० वर्ष पुरानो भएको सुनाकोठीका वडाध्यक्ष बाबुराज महर्जनको अनुमान छ ।

‘उक्त मूर्तिको शिलालेख वा कुनै अभिलेखमा छैन’, उहाँले भन्नुभयो, ‘बाजेहरूबाट सुनेअनुसार यो २५० देखि ३०० वर्ष पुरानो मूर्ति हो ।’यो एक प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय मूर्ति चोरीका घटना बढ्न् थालेका छन् ।

पुरातत्व विभागका अनुसार हालसम्म नेपालका विभिन्न सम्पदाबाट हराएर विदेश पुगेका बहुमूल्य र पुरातात्विक महत्वका ७६ वटा मूर्ति नेपाल ल्याइएको छ । फिर्ता भएका मूर्तिहरु राष्ट्रिय सङग्राहलयमा सुरक्षित राखिएको विभागले जनाएको छ ।
हराएका मूर्तिमध्य बेलायतबाट १९, अमेरिकाबाट १४, अष्ट्रियाबाट एक, चीनको तिब्बतबाट २८, जर्मनीबाट एक, भारतको कलकत्ता बाट १३ गरी जम्मा ७६ वटा मूर्ति नेपाल ल्याइएको हो ।

४० वर्षअघि नक्सालबाट हराएको लोकेश्वरको मूर्ति पुनस्थापना गरिँदै।

जसमा बोद्ध तथा हिन्दू धर्मसम्बन्धी देवी देवताका मूर्ति, ग्रन्थ र धेरैजसो मल्लकालीन हस्तलिखित पुरातत्वका वस्तु रहेको पुरातत्व विभागका प्रमुख अधिकृत सुभद्रा भट्टराईको भनाइ छ । उहाँका अनुसार नेपालबाट १४ औँ र १५ औँ शताब्दीका मूर्ति धेरैजसो चोरी भएका छन् । अहिले धार्मिक आस्थाका कारण ती मूर्तिहरु फिर्ता हुन थालेका हुन् ।
नेपालबाट मूर्तिलगायत हस्तकलाका सामग्री कति चोरी भए भन्ने एकिन तथ्याङ्क सरकारसँग नरहेको अधिकृत भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मूर्ति, हस्तकला र काष्ठकलाका सामान विदेशमा थुप्रै छन्, जसको तथ्याङ्क हामीसँग छैन ।’ जयस्थिति मल्लको पाला अर्थात् १९५० साल तिर नेपालबाट बोराका बोरा पुरातत्विक सम्पदा वस्तुहरु चोरी भएको इतिहास रहेको उहाँको भनाइ छ ।

मूर्ति चोरी हुनुका कारण ।

नेपालमा हिन्दुको बाहुल्य भए पनि अन्य विभिन्न धर्मालम्बिहरुका आस्थाका केन्द्रहरु पनि छन् । यस्तै, कुनै पनि धर्म नमान्ने मानिसहरु पनि छन् । धर्म माने पनि आफ्नो धर्म र संस्कृतिमा विश्वास नगर्नेहरु पनि धेरै छन् ।धर्म र संस्कृतिमा विश्वास नभएका मानिसले प्रायः यस्ता पाप काममा लाग्ने संस्कृतविद जगमान गुरुङ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘धन कमाउने लोभमा सम्पदालाई बेच्ने गर्छन् ।’ कतिपयले आफ्नो कुलदेवताका मूर्तिसमेत चोरेर बेच्ने गरेको गुरुङको दावी छ । ‘देवताका मूर्ति चोरेर खानेहरुको भलो हुँदैन किनभने शास्त्रका अनुसार पुन्य कर्म गर्दा पुन्य पाइन्छ, पापी कर्म गर्दा पाप नै हुन्छ, उहाँ भन्नुहुन्छ, ‘भगवानको मूर्ति चोरेर धन कमाउनेहरु कसैको पनि आजसम्म भलो भने भएको छैन ।’


चोरीएका मूर्ति सबै भेटिदैनन्

पञ्चायतकालदेखि नै मूर्ति चोरी व्यापक हुन्थ्यो । बीचमा हरायो र अहिले फेरि यस्ता चोरीको घटना बढेको गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार चोरिएका मूर्तिहरु भेटिन सजिलो छैन । किनकि भेटिएका मूर्ति कुन देशको भन्ने थाहा पाउन नै गाह्रो हुन्छ ।

‘भारत, नेपाल र तिब्बतकाको मूर्ति उस्तै देखिन्छन् । चोरिने देवता पनि उही बुद्ध र विष्णुका नै हुन् । नेपालको मूर्तिमा नेपाली कला शैलीको विशेषता छ । यसरी कुन देशका मूर्ति हुन् भन्ने प्रमाणित हुन सक्नुप¥यो । अनि बल्ल नेपालमा फिर्ता आउने गर्छन्’ । उहाँका अनुसार पञ्चायत कालमा भक्तपुरका राजा भूपतिन्द« मल्ल्को कम्मरपेटी चोरी भएको थियो । जसमा अमूल्य हीरामोती जडित थिए । त्यो पेटी र्चोन चोर राती के्रन लिएर पुगेको उहाँ सम्झिनुहुन्छ । चोरले क्रेन लिएर चोरी गर्न हिँडेकोमा ठूलै पदका व्यतिmहरुको संलग्नता भएको धेरैले आशंका गरेको उहाँ बताउनुहुन्छ ।

अमेरिकाबाट हालै फिर्ता भएको  पाटनको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा रहेको वासुदेव कमलाज (लक्ष्मीनारायण)को मूर्ति  

कस्ता मूर्तिहरु चोरी हुन्छन् ।

नेपालमा ढुंगा, माटो र धातुबाट बनेका मूर्तिहरुले आफ्नो छुट्टै महत्व र पहिचान बोकेको छ । विशेषगरी मूर्तिका बाहिरी तथा भित्री धातुका आर्कषणले मूर्ति चोरी हुने संस्कृतविद गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार ढुंगाबाट बनाइएका मूर्ति कलाको दृष्टिकोणले चोरिएको हो । त्यस्तै, धातुका मूर्तिहरुमा भित्र पञ्चधातु, अष्टधातु, विभिन्न किसिमका मणि मानिक्यहरु राखेर बनाइएको हुन्छ । यसरी ढुंगाका मूर्तिहरु भने दुर्लभ खालका मूर्तिहरु धेरै चोरी हुन्छन् ।

मूर्ति चोरी हुनबाट बचाउन के गर्न सकिन्छ ?
नेपालमा लाखौं मूर्तिहरु छन् । यो हाम्रो सम्पत्ति हो । उहाँका अनुसार आफ्नो कला, धर्म र संस्कृति बचाउनका लागि जनता आफै चेतनशील र जागरुक हुनुपर्छ ।
‘सबै ठाउँमा मूर्ति कुर्नका लागि प्रहरी परिचालन गर्न सम्भव छैन,’ उहाँ भन्नुहुन्छ, ‘आफ्नो सम्पदा जोगाउन हामी जनता आफैं क्रियाशील हुनुपर्छ ।’

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?