काठमाडौ, फागुन ४ गते। ख्यालठट्टाका नाममा सर्वसाधरणलाई हैरानी दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापाको विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई प्रहरीले भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो।
ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाका सेढाइँलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
सेडाइँलाई जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ।
सरकारले गत माघ १३ गते सार्वजनिक स्थलमा खिचिएका प्राङ्क भिडियो सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नेलाई कारवाहीको दायरमा ल्याउने घोषणा गरेसँगै साइबर ब्यूरो सक्रिय भएको हो।