logo
२०८१ बैशाख १४ शुक्रवार



हुम्लाको खाद्य गोदामको निरीक्षण

समाज |


हुम्लाको खाद्य गोदामको निरीक्षण
खाद्यन्न गोदाम भित्रै पुगेर निरीक्षण गर्दै टोली। तस्बिर : राजन रावत


हुम्ला, फागुन २१ गते। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्लास्थित खाद्यान्न मौज्दात रहेको गोदामको पहिलो पटक निरीक्षण गरेको छ। खाद्यन्न मौज्दात गर्ने तरिका, भण्डारको अवस्था र खाद्यान्न प्याकेजिङको अवस्था हेर्न निरीक्षण टोली त्यहाँ पुगेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सागरराज पोखरेलले लिमिटेडको खाद्यान्न भण्डार गरिएको गोदामको स्थलगत निरीक्षण गर्ने कार्य भएको बताउनुभयो। दुर्गम स्थानमा खाद्यान्न भण्डारणको अवस्था राम्रै भएको र केही सुधार गर्नुपर्ने सुझाव दिएको उहाँले बताउनुभयो।

उहाँले सुर्खेतमा खाद्यान्न परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि लिमिटेडको खाद्यान्न उपभोगका हिसाबले योग्य रहेको वा नरहेको त्यो पनि परीक्षण गरिने बताउनुभयो। हाल गोदाममा दुई हजार क्विन्टल खाद्यान्न मौज्दात छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?