logo
२०८१ बैशाख १४ शुक्रवार



विद्यार्थीलाई अभिमुखीकरण

शिक्षा |


विद्यार्थीलाई अभिमुखीकरण


काठमाडौँ, चैत १ गते। कलङ्किस्थित सिद्धार्थ बहुमुखी क्याम्पसका विद्यार्थीलाई शैक्षिक, प्रशासनिक तथा व्यवस्थानका क्षेत्रमा सफलता हाँसिल गर्न अपनाउनुपर्ने विषयका सम्बन्धमा तालिम दिइएको छ। मङ्गलबार सञ्चालित एक दिने उक्त अभिमुखीकरण सम्बन्धी कार्यक्रममा समाजसेवा, मनोविज्ञान तथा व्यवस्थापनका क्षेत्रमा अब्बल विज्ञहरुले विद्यार्थीलाई प्रशिक्षित गराउनुभएको थियो।

कार्यक्रममा नव जीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले निरन्तर प्रयास गर्ने हो भने विद्यार्थी तथा समाजका जुनसुकै क्षेत्रमा आवद्ध व्यक्तिका लागि पनि सफलता हासिल गर्न कठिन नहुने बताउनुभयो।

औपचारिक रुपमा कक्षा आठसम्मको मात्रै पढाइ पुरा गर्नुभएका दाहालले उक्त समाजमार्फत बाटामा कठिन अवस्थामा रहनुभएका वृद्धवृद्धालाई उपचार गरि सम्बन्धित परिवारमा पुनर्मिलन, सडक दुर्घटनामा पसर घाइते भएका कुकुर, बिराला, गाई, बाच्छा, पेरवाको उपचार तथा उद्धार तथा विविध प्रकारको समस्या परेका नागरिकलाई खाना खुवाउनेदेखि पालनपोषण लगायतका काम गर्दै आउनुभएको छ।

सोही कार्यक्रममा कलेजका अध्यक्ष गोविन्द घिमीरेले विद्यार्थीलाई पढाइसँगै समाजका लागि आवश्यक पर्ने ज्ञान र सीप बाड्न सक्ने सीप प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो। उक्त कलेजबाट उत्पादित विद्यार्थीमध्ये न्युनतम दश प्रतिशतलाई संस्थाले रोजगारीमा पदस्थापना गराउने उहाँले प्रतिवद्धता जनाउनुभयो।

कलेजका प्राचार्य शिवराम रिजालले फरक क्षमता र रुचि भएका विद्यार्थीको स्वभार अनुसार पढाउने बताउनुभयो।

लोकसेवा आयोग तथा अन्य सरकारी क्षेत्रमा रोजगारीमा जान चाहने विद्यार्थीका लागि क्याम्पसमै अतिरिक्त कक्षा सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो। कार्यक्रममा मनोविज्ञ पदमराज जोशीले विद्यार्थीलाई परामर्श दिनुभएको थियो। सोही कार्यक्रममा क्याम्पसमा स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?