logo
२०८१ बैशाख २४ सोमवार

  दृश्य समाचार  



कुल जनसंख्याको एक प्रतिशतमा छारे रोग भएको अनुमान

समाज |


कुल जनसंख्याको एक प्रतिशतमा छारे रोग भएको अनुमान


महिमा देवकोटा दृश्यमा मनोजरत्न शाही
काठमाडौं, चैत २ गते । नेपालको कुल जनसंख्याको करीब एक प्रतिशतमा छारे रोग रहेको अनुमान छ । छारे रोग लागेको व्यक्तिले समयमै उपचार गरे समान्य जीवन बिताउन सक्ने चिकित्सकको भनाइ छ । हाम्रो शरीरले गर्ने कुनै पनि कामका लागि शरीरमा विद्युतीय तरङ्ग पैदा हुने र त्यस्ता विद्युतीय तरङ्ग अत्याधिक मात्रामा उत्पन्न भएमा त्यसले हान्ने झड्काका कारण विरामी एक्कासि ढल्ने वा बेहोस हुने शरीर बटारिने जस्ता लक्षण देखिने त्यसलाई नै छारे रोग भन्ने गरिन्छ ।


कतिपय अबस्थमा बच्चा टोलाउने एक्कासि कोल्याप्स हुने जस्ता लक्षण पनि छारे रोग हुने गर्छ । विश्वभर छारे रोगको ६० देखि ७० प्रतिशत कारण पत्ता नलाग्ने गरेको र कारण पत्ता नलागेकोलाई चिकित्सकीय भाषामा वंशाणुगत गुण भन्ने गरिएको न्यूरोलोजिष्ट डा. घनश्याम खरेलले बताउनुभयो ।
२००४ मा पूर्वी नेपालमा भएको एक अध्ययनले नेपालको कुल जनसंख्याको करीब एक प्रतिशतमा छारे रोग रहेको पाइएको डा. खरेलले बताउनुभया । त्यसमा फित्ते कीराको अण्डा ब्रेनमा गएर हुने छारे रोग अत्याधिक पाइएको थियो
छारेरोग ब्रेनकाे इन्फेक्सन, मेनेनजाइटिस, जुकाको अण्डा मस्तिष्कमा पुग्नु, ट्युमर, पक्षाघात, रक्सी सेवन आदि विभिन्न कारणले हुने गरेको पाइन्छ । यो रोगलागेको व्यक्तिसँग सँगै बस्दा नसर्ने पनि डा. खरेलले बताउनुभयो
नेपोलियन बोनापर्ट, न्यूटन, लियोनर्दो भिन्ची लगायतका ठूला हस्तिलाई पनि छारे रोग भएको भए पनि उहाँहरुले सामान्य जीवनयापन गरेको र आफ्नो ख्याति कायम गरेको बताउनुभयो । छारे रोगबारे भिडियो रिपोर्ट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?