logo
२०८१ मंसिर ११ मंगलवार

  दृश्य समाचार  



काष्ठमण्डप पुननिर्माणले पूर्णता पाउँदै

खुला |
समाज |


काष्ठमण्डप पुननिर्माणले पूर्णता पाउँदै


सपना थामी, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग

काठमाडौं, कात्तिक ९ गते । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको दरबार क्षेत्रमा अवस्थित काष्ठमण्डपको पुननिर्माणको कामले केही समयमा नै पूर्णता पाउँदैछ । १४ सय वर्ष पुरानो सम्पदाको रुपमा रहेको काष्ठमण्डपलाई दशौं र ११ औं शताब्दीमा निर्माण भएको भनेर भनिदै आएको थियो ।

तर, भूकम्प पश्चात् पुरातत्व विभागसँगको सहकार्यमा भएको उत्खनन् एवम् अध्ययनबाट काष्ठमण्डप सातौं शताब्दीमा निर्माण भएको प्रमाणित गरिएको काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेश शाक्य बताउनुहुन्छ । संयुक्त राष्ट्र संंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) अन्तर्राष्ट्रिय मान्यता अनुरुप पनि क्षति भएका सम्पदाहरु विगतमा निर्माण भएकै समयको प्रविधि अनुरुप पुननिर्माण गर्नुपर्ने व्यवस्था छ ।

काष्ठमण्डप पुननिर्माणका लागि भूकम्प पश्चात् नै सार्वजनिक सरोकारबाट विरेन्द्र भक्तको संयाजकत्वमा समिति बनेको थियो । त्यसयता पुरातत्व विभागले पनि विभिन्न अध्ययन ग¥यो । २०७२÷७३ सालमा विभागले टेण्डर गरेपनि स्थानीयबासीको विरोधका कारण पुरानै शैलीमा काष्ठमण्डप पुननिर्माण गर्ने भनेर यसको जिम्मा काठमाडौं महानगरपालिकालाई दिइएको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णयले धरहरा, रानीपोखरी र काष्ठमण्डप गरी तीन सम्पदाको पुननिर्माणको काम तत्काल अगाडि ढाउने निर्णय गरेको हो । पुरातत्व विभागका अनुसार काष्ठमण्डप पुननिर्माणमा १९ करोड ८८ लाख लाग्ने पूर्वअनुमान गरिएपनि हालसम्म काठमाडौं महानगरपालिकाबाट साढे ११ करोड रकम प्राप्त भएको समितिका अध्यक्ष शाक्यले बताउनुभयो । काष्ठमण्डप पुनर्निमाणमा सबैले चासो देखाएपनि कसरी बनाउने भन्ने विषयमा निक्र्यौल हुन नसक्दा केही समय लागेको उहाँ बताउनुहुन्छ ।

किम्वदंती अनुसार पहिला एउटा मात्रै रुखको काठबाट काष्ठमण्डपको निर्माण भएको भएपनि अहिले चितवन, महोत्तरी, अमलेखगन्ज, टनकपुर, रौतहट गरी तराईक क्षेत्रका छ, सात वटा र पश्चिमका दुई जिल्लाहरुबाट काठ ल्याइएको शाक्यले बताउनुभयो । काष्ठमण्डमा पहिलाकै संरचना अनुसार उचाई ६४ फिट ४ इन्च र जमिन पनि त्यतिनै क्षेत्रफलमा पुननिर्माण भएको छ ।

‘बज्रयान फर्मूला अनुसार पुननिर्माण भएको काष्ठमण्डपमा अब काठका बार हाल्ने काम थोरै बाँकी छ । विज्ञहरुले पनि हामी सबै जान्ने होइनौं भन्नुभएका कारण काम गर्दै जादा हेर्नुपर्ने अवस्था पनि छ । पुननिर्माण भइसकेपनि यसको नियमित संरक्षण एवम् मर्मत् सम्भारको कार्यसूची तयार पनि गरिनेछ ।’, शाक्य बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?