घरमै थुनिएका बेला चराले गाएको, उडेको र कावा खाएको हेरेर रमाउँ
गोरखापत्र अनलाइन
बैशाख २९, २०७८ बुधबार
यो महामारीमा मानिसको घुमफिर रोकिएको छ त्यसैले चराको प्राकृतिक वासस्थान नजिक रहेका धेरै मानिसले कहिल्यै नदेखेका चरा देख्न सक्दछन् । आफूहरु बन्दी भएको भए पनि चराले स्वतन्त्र रुपमा गीत गाएको, विचरण गरेको र हावामा कावा खाएको हेरेर रमाउन सक्छन् ।
चराले जस्तै गाउँन, उड्न र कावा खान आमन्त्रण गर्दै विगतमा झैं यो वर्ष पनि गत शनिवार विश्व आप्रवासी चरा दिवश मनाइयो ।