मधेसमा मासिँदै खपडाको छाना, पहिचान गुम्ने डर
गोरखापत्र अनलाइन
माघ २१, २०७७ बुधबार
तराई–मधेसका ग्रामीण बस्तीमा बाक्लै देखिने खपडाको छानो हालेका घर अहिले देख्न मुस्किल पर्न थालेको छ ।
केही पुराना घरहरुमा बाहेक नयाँ बनेका घरमा खपडाको छानो देखिँदैन । भर्खरै बनाइएका नयाँ घरहरूमा टाली र एल्बेष्टर हालिएका छन् । ‘मधेसमा अहिले खपडाको छानो भएका घर देख्न मुस्किल पर्छ, केही–केही ठाउँमा मात्रै देखिन्छ’, धनकौल गाउँपालिका–१, सेखौनाका युवा राजेश कुशवाहाले भन्नुभयो, ‘मधेसको मौलिकताका रुपमा रहेको खपडाको छानो...