घरेलु उद्योगसँगै घर घरमै रोजगारीको अवसर
गोरखापत्र अनलाइन
मंसिर १०, २०७८ शुक्रबार
दुधौली नगरपालिका–११ धनसरी निवासी ७२ वर्षीय वेदप्रसाद पराजुलीले विगत १२ वर्षदेखि खुवा उत्पादन गरी विक्री गर्दै आउनुभएको छ । उहाँले बनाएको खुवा गाउँमा कोसेलीका लागि लोकप्रिय छ । हरेक दिन विहान झिसमिसेसँगै आफूलाई खुवा बनाउन चटारो पर्ने उहाँले बताउनुभयो ।