logo
२०८१ बैशाख ८ शनिवार



ह्याण्डबलको महिला टोली भारत प्रस्थान

खेलकुद |


ह्याण्डबलको महिला टोली भारत प्रस्थान


कास्की, भदौ २ गते । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई नेपाल ह्याण्डबल सङ्घले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवम सङ्घका केन्द्रीय उपाध्यक्ष मोहन रेग्मी, सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, पूर्वअध्यक्ष शेरबहादुर गुरुङलगायतले सफलताको कामना गर्नुभएको थियो ।

पन्ध्र वर्षदेखि १८ वर्षमुनिका खेलाडी सहभागी सो युथ च्याम्पियनशिपमा नेपाली टोलीको कप्तानी मोनिका थापाले गर्नुभएको छ । सङ्घका अध्यक्ष गुरुङका अनुसार १० देशका खेलाडीले प्रीतस्पर्धा गर्ने उक्त प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । टोलीमा १६ खेलाडी, टिम व्यवस्थापक र प्रशिक्षकसहित २० जना रहेका छन् । नेपालले भदौ ४ गते चीनसँग, ५ गते भारतसँग, ६ गते कजाकस्तान र भदौ ७ गते मङ्गोलियासँग प्रतिष्पर्धा गर्ने टिम व्यवस्थापक शान्ति थापाले जानकारी दिनुभयो । टोलीले दुई साता पोखरामा अभ्यास गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?