logo
२०८१ मंसिर ८ शनिवार

 साग पोखरा समीक्षा 



माछापुच्छ्रेसँग ठोक्किँदा खेलाडी दङ्ग

खेलकुद |


माछापुच्छ्रेसँग ठोक्किँदा खेलाडी दङ्ग


मुनावर्षा शर्मा

चिप्लेढुङ्गा, मंसिर २५ गते । निकै चासो चर्चा बहस र संशयका बीच पोखरामा १३आँै सागअन्तर्गतका खेलहरु सम्पन्न भए । धेरैलाई शङ्का थियो पर्याप्त पूर्वाधारबिना कसरी खेल सम्पन्न हुन्छ भन्ने । आशा र विश्वास राख्नेहरु खेल हुन्छ भन्नेमा ढुक्क देखिन्थे । यावत कुरा हुनु स्वाभाविक पनि थियो खेल शुरु हुने दिन मङ्सिर १५ गते बिहानसम्म पनि खेल मैदानका कामहरु भइरहेका थिए ।

खेलको औपचारिक शुभारम्भ मङ्सिर १६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मालगायत प्रदेशमन्त्रीहरु राखेप सदस्य एवं खेलप्रेमीहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक झाँकी तथा आतसबाजीका साथ भएको थियो ।

गत फागुनमा शिलान्यास गरिएको पोखरा रङ्गशालाको काम तीन महिनाअघिदेखि मात्रै तीव्रता दिइएको थियो । पोखरामा नौ खेल हुने भनिए पनि प्याराग्लाइडिङमा टोली सङ्ख्या नपुगेका कारण हुन सकेन भने बाँकी आठ खेल सम्पन्न भए । खेलहरु खेलिँदै गए पूर्वाधारको काम पनि हुँदै गए । समग्रमा पोखरा रङ्गशाला जे जति हुनुपथ्र्यो त्यो नभए पनि आन्तरिक कमीकमजोरीको समीक्षा थाती राखेर भन्नुपर्दा पोखरामा भएका खेलहरु भव्य र सभ्य रुपमा सम्पन्न भए ।

प्रकृतिले पनि उस्तै साथ दियो । मङ्सिर दोस्रो हप्तादेखि खुलेको माछापुच्छ«ेको दृश्यले अन्य कुरालाई गौण बनाइदियो । रङ्गशालाबाट प्रत्यक्ष माछापुच्छ«ेसँग आँखा ठोक्ँिकदा खेलाडी त्यसै दङ्ग हुन्थे । खेल अभ्यासमा पनि माछापुच्छे«लाई पृष्ठभूमिमा पारेर सेल्फीसँग रमाइरहेका दृश्यले पनि यसलाई पुष्टि गर्दथ्यो । फेवातालमा विदेशी खेलाडीका अनुहार छचल्किरहँदा खेलाडीमा बेग्लै ऊर्जा देखिन्थ्यो । यसले पनि पोखराको माहौलमा थप रौनकता ल्याएको थियो ।

साग सम्पन्न गर्न सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति गठन गरिएको थियो । उक्त समिति मातहतमा झण्डै दुई दर्जन विभिन्न विषयगत समितिहरु थिए । पोखरामा आर्चरी (धनुकाण), भारोत्तलन, ह्यान्डबल, महिला क्रिकेट, महिला फुटबल, ट्रायथोलन, विच भलिबल, ब्याटमिन्टनका खेलहरु दर्शकको उल्लेख्य सहभागितामा सम्पन्न भए ।

पोखरामा हुने आठ खेलका लागि ८४२ खेलाडी, प्रशिक्षक, रेफ्री र निर्णायक ४९४ गरी एक हजार ३०० भन्दा बढीको सहभागिता रहेको थियो । साग लक्षित पोखरा रङ्गशालाको फुटबल स्टेडियमका लागिमात्र एक अर्ब २८ करोड लगानी गरिएको थियो ।

कूल एक अर्ब ४० करोड हाराहारीमा पोखरा रङ्गशाला र अन्य खेलमैदानमा लगानी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिनुभयो । “हामीले साग लक्षित खेलका पूर्वाधारमा तत्काल जोड दिएर खेल सम्पन्न ग¥यौँ अब आगामी २०७७ फागुनमा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकूदका लागि पनि पूर्वाधार निर्माण गरिरहेको छाँै ।”

साग सकिए पनि गुणस्तरीय भौतिक संरचनाका लागि निरन्तर रङ्गशाला अवलोकन गरिरहेको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्ष २०२० को सङ्घारमा पोखरामा भएको सागले पर्यटनलाई समेत विश्व बजारमा पु¥याउन सफल भएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

नेपालबाहेक छ देशका खेलडीको जमघट र उनीहरुले प्रत्यक्ष पोखराको दृश्यवलोकन गरेर फर्कंदा आँखामा पोखराको सुन्दरता बोकेर गएको पर्यटन व्यवसायी एवं साग पोखराका आवास व्यवस्थापन समिति पोखराका संयोजक सूर्य भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराका प्रत्यक्ष अवलोकन गरेर यहाँको वातावरणमा खेलाडी पाहुनाहरु निकै रमाएर फर्कनु भयो । हामीलाई निकै खुशी लागेको छ यसले अन्तर्राष्ट्रिय जगत्मा पोखरालाई थप चिनाउन सहयोग पुग्नेछ ।”

भुजेलले पोखरामा खेलाडी, अफिसियल गरेर एक हजार ४०६ जनालाई आवासीय व्यवस्थापन गरेको जानकारी दिनुभयो । खेलाडी र अफिसियलको सुरक्षा र मिटिङलाई मध्यनजर गरेर पोखराका लेकसाइडमा आवासीय व्यवस्थापन गरिएको थियो भने अन्य पाहुनालाई आफ्नो पायक पर्ने स्थलका होटलमा व्यवस्थापन गरिएको भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी सेवा सुविधा एवं आंशिक सरकारी र केही निजी खर्चमा समेत खेलका पाहुनाहरु राखिएको बताउनुभयो । उहाँले साग खेलबाट करिब सात करोडको हाराहारीमा आवासीय व्यवस्थापन भएको बताउनुभयो । खेल शुरु हुनुभन्दा दुई दिनअघि देखिका खेलाडी पाहुनाको बसाइ बुधबार बिहान ११ः३० को समयमा सबैलाई बिदाइ गरिएको थियो । खेलसम्बद्ध खेलाडी एवं पदाधिकारीको पोखरा बसाइ औसतमा आठदेखि ११ दिनसम्म रहेको जानकारी दिनुभयो । खेल शुरु हुनु एक महिनाअघि देखि नै अभ्यासका लागि केही खेलाडी पोखरामा नै थिए ।

छोटो समयमा गरिएको तयारीले नेपालको खेल क्षेत्रमा उत्साहजनक रुपमा नतिजा ल्याएसँगै नेपालको पर्यटन र आर्थिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सफल भएको १३औँ साग पोखराका डेपुटी सेफ दि मिशन तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी १३औँ सागअन्तर्गत पोखरामा भएका खेलबाट करिब ३० लाखको टिकट बिक्री भएको पोखरा स्रोतसाधन परिचालन समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै सङ्कलन हँुदैछ हाम्रो प्रारम्भिक अनुमान ३० लाखको टिकट बिक्री भएको गरेका छौँ ।”

पोखराको सुन्दरतालाई आँखामा राखेर निकै उत्साहका साथ फर्कन लागेको बङ्गलादेशका खेल पत्रकार आर्नव वापीले बताउनुभयो । “एउटा ठूलो रहर पोखरा घुम्ने र प्याराग्लाडिङ गर्ने थियो, पूरा भयो । उनले बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको भन्दै पोखरा आफ्नो मानसपटलमा सधैँ ऐतिहासिक सम्झनामा रहने बताउनुभयो ।

पोखरामा सम्पन्न १३औँ सागमा भएको आठ खेलमा १५० पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको १३औँ साग प्रचारप्रसार कमिटीका पोखरा संयोजक केशव पाठकले जानकारी दिनुभयो । भारतले १९ स्वर्ण, छ रजत र तीन कास्य गरी कूल २८ पदक जित्न सफल भयो भने बङ्गलादेश १३ स्वर्ण छ रजत र आठ कास्यका साथ कूल २७ पदक हात पा¥यो ।

त्यसैगरी श्रीलङ्काले छ स्वर्ण २० रजत र १२ कास्य गरी ३८ पदक प्राप्त ग¥यो । पाकिस्तान छ स्वर्ण, दुई रजत र पाँच कास्य जित्दै कूल १३ पदक प्राप्त गर्न सफल भयो त्यसैगरी भूटान पाँच रजत र चार कास्य गरी कूल नौ पदक माल्दिभ्स एक रजत प्राप्त गर्न सफल भएको भएको पाठकले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?