logo
२०८१ मंसिर ८ शनिवार



सन्दीपद्वारा धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग

खेलकुद |


सन्दीपद्वारा धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग


काठमाडौँ, फागुन १० गते ।  क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो ।

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिनुभको थियो । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र उपाध्यक्ष कुञ्जना घिमिरे ९सुन्तली० लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?