logo
२०८१ बैशाख २७ बिहीवार



पर्यटन प्रवद्र्धन गर्न १० वर्षे गुरुयोजना

पर्यटन |


पर्यटन प्रवद्र्धन गर्न १० वर्षे गुरुयोजना



बुटवल समाचारदाता

बुटवल, असोज २ गते । रुपन्देहीको कञ्चन गाउँपालिकामा अवस्थित दानापुर तालको १० वर्षे गुरुयोजना तयार गरिएको छ । गुरुयोजना अनुसार तालको भौतिक संरचना निर्माण गर्न करिब ४८ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
दानापुर तालको सौन्दर्य बढाउँदै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन तथा स्थानीय तहहरूको आयआर्जनमा वृद्धि गर्न स्थानीयकै लगानीमा ताल नजिकका बस्तीमा होमस्टे सञ्चालन गरिने गुरुयोजनामा उल्लेख छ । स्थानीय समयमाई सामुदायिक वन उपभोक्ता समूह, कञ्चन १, गजेडी र जयन्द्र एन्ड पार्टनर प्रालिको सहकार्यमा तयार गरिएको गुरुयोजनामा दानापुर तालको बीचमा आइसल्यान्ड जलभूमि निर्माण गरी ५३ मिटरको उचाइबाट दृश्यावलोकन गर्न मिल्ने गरी ६० मिटर उचाइको दृश्यावलोकन टावर बनाइने उल्लेख छ ।
अब दानापुर तालमा गुरुयोजना विपरीत भौतिक संरचना निर्माण गर्न पाइने छैन भने गुरुयोजनामा तालको वरिपरि हरियाली वातावरण यथावत् राख्न वृक्षरोपण पनि गरिने उल्लेख छ ।
गुरुयोजना सार्वजनिक गर्दै रुपन्देही जिल्ला क्षेत्र नं। ५ प्रदेश ९क० का सांसद भूमिश्वर ढकालले कुनै पनि कार्य गर्दा निश्चित कार्ययोजना तयार गर्नसके सहज हुने र बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकको आगमनलाई प्राथमिकता दिनसके दानापुर तालको गरिमा अझ वृद्धि हुने बताउनुभयो । कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले दानापुर तालको विकासका लागि कञ्चनवासीको मुख्य जिम्मेवारी हुने भन्दै तालको विकासले यस क्षेत्रका जनताको आर्थिक आर्जनमा सहयोग गर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ रुपन्देही जिल्ला समितिका अध्यक्ष दीनानाथ आचार्यले दानापुर तालको पर्यटकीय विकासले कञ्चनको गरिमा बढाएको र पहिचान पनि दिएको बताउनुभयो । १० वर्षभित्रमा गुरुयोजना अनुसार काम भए दानापुर ताल यो स्वरूपमा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?