logo
२०८१ बैशाख २७ बिहीवार

  खुम्चँदै फेवाताल  



जग्गा मिचियो, माटोले पुरियो, जलकुम्भीले ढपक्कै छोप्यो

पर्यटन |


जग्गा मिचियो, माटोले पुरियो, जलकुम्भीले ढपक्कै छोप्यो



तारा चापागाईं दुवे

कास्की, असोज ८ गते । बिश्वको १३ औं ठूलो ताल भनेर चिनीएको फेवताल वरपर जग्गा अतिक्रमण हुँदा ताल खुम्चिदै छ । सोही खुम्चिएको ताललाई पनि यतिबेला जलकुम्भिले थप अतिक्रमण गरेको छ ।
फेवतालमा वर्षायाममा जलकुम्भी झार प्रायः फैलने गर्छ तर यो पटक भने असाध्यै बढी फैलिएकाले ताल थप कुरुप बन्न पुगेको छ । निरन्तर परेको वर्षाका कारण माथिल्लो तटबाट झार बगाएर तल्लो तटमा भरिएको देख्न सकिन्छ । दिनप्रतिदिन अतिक्रमण हुदै आएको फेवताललाई जलकुम्भिले ढाकेर कुरुप बनाएको छ ।
गण्डकी प्रदेश सदस्य राजिव पहारी उक्त झार नियन्त्रण गर्न दीर्घकालिन योजना बनाउनु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो , “फेवताल संरक्षणका लागि संघ प्रदेश र स्थानीय सरकार जति गम्भिर हुनु पर्ने हो देखिएका छैन् । जसका कारण तीनबटै सरकार बीचको सहमसतिमा तालको संरक्षण र बर्षेपिच्छे बढदै गएको जलकुम्भीको अतिक्रमणबाट यसलाई जोगाउन ठोस कार्य हुन सकेको छैन ।
फेवताल संरक्षणका लागि सर्वोच्च अदालतले दिएको जिम्मेवारी पनि पूरागर्न नसक्दा मानहानी मुद्दा परेको छ । जलकुम्भी नियन्त्रणका लागि पगर्यटन ब्यावसायी स्थानीय तह लागि परेका छन् तर तेतिले मात्रै सम्भव हुदैन् अब तत्कालै संघ प्रदेश र स्थानीय तहको संयन्त्र बनाएर जानु पर्ने स्थानीयको भनाइ छ ।
एकातिर हामीले सन् २०२० लाई पर्यटन भ्रमण वर्ष भनेका छौं अर्कोतिर फेवतालको हालत कुरुप हुँदा यसको गलत सन्देश जाने भएकोले यसलाई कसरी हुन्छ प्रभावकारी ढंगले जानु पर्ने उहाँको भनाइ छ । अहिले जलकुम्भीका कारण तल्लो भेगमा डुगां पनि चल्न नसक्ने अवस्थामा पुगेको छ ।
पहारी भन्नु हुन्छ , “ म यहाँबाटेै निर्वाचित प्रतिनिधि भएकाले यसको संरक्षण्मा पहलकदमी लिएको छु , जलकुम्भी फाल्न ल्याएको झारले पनि थोरै परिणाममा मात्रै कामा गर्ने भएकोले यतिबेला अत्याधिक मात्रामा झार आएको छ । , यतिबेला महानगर पर्यटन ब्यवसायीले झार फाल्ने जागरण अभियान चलाएपनि त्यो आफैमा पर्याप्त होइन् ।
एकातिर डेगुं फैलिएको छ भने अर्कोतिर सुन्दर ताल कुरुप बन्दै जाँदा यसले पर्यटनमा असर गर्नेछ ।, यो सबैको साझा सम्पत्ती र देशकै गहना हो यसलाई जोगाउनु पर्छ ।,”
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जलकुम्भी झार हटाउन महानगरले क्षमता र औकातले भ्याएसम्म गरेको बताउनभयो । उहाँले भन्नु भयो, महानगरले क्षमताले भ्याए सम्म गरेको छ । माथिबाट बाडी आएर रातारात झार भरियो योजना बद्ध ढंगले गर्दै छौ केहि समय पछाडि सफा हुन्छ ।,
पोखरा महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गंगालाल सुवेदीले झार फाल्ने काम धमाधाम भैरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “निरन्तर प्रयास गरेका छांै ठूलो मात्रामा जम्मा भएकोले प्रयास गरिरहदा पनि छिटो नियन्त्रणमा आउन सकेको छैन् । महानगर टिम निरन्तर लागेको छ अन्य पर्यटन ब्यवसायी , नागरिक समाज सुरक्षाकर्मी लगायतको पनि सहयोग रहेको छ , छिटै सफा हुनेछ । ”
झारको कारण डुङ्खा चलाउन नपाएको डुङ्गा ब्यवसायी पनि गुनासो छ । महानगरले यसलाइ तुरुन्तै हटाउनु पर्ने उनीहरुको माग छ । ख ब्यवसायी भन्छन् झार देखेपछि पर्यटक डुङ्खा चढन मान्दैनन् ।
२०१८ सालमा भारत सरकारको सहयोगमा तालको नापीहुँदा १० वर्ग किलोमिटर नै देखाइएको थियो । २०३१ सालमा केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार तालको बाँध नफुट्दै जम्मा ६ वर्ग किलोमिटर मा खुम्चिएको उल्लेख छ ।
२०६४ सालमा केन्द्रीय नापी विभागले नै गरेको सर्भेमा तालको क्षेत्रफल ४.२ वर्ग किलोमिटर मात्र देखिएको थियो । प्रतिवेदनमा वर्सेनि ८.७ हेक्टरका दरले तालको क्षेत्र निरन्तर खुम्चिँदै गएको उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?