logo
२०८१ मंसिर ८ शनिवार



कालीगण्डकीमा जलयात्रा सुरु

पर्यटन |


कालीगण्डकीमा जलयात्रा सुरु



गणेश पौडेल

पर्वत, असोज २८ गते । असोजको तेस्रो सातासम्म वर्षा नघट्दा कालीगण्डकी नदीमा साहसिक जलयात्रा ‘¥याफ्टिङ’ प्रभावित बनेको छ । ढिलो गरी मनसुन सकिएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि विदेशी पर्यटक आउन सुरु भएको छ ।
गतवर्षको तुलनामा तीन हप्ता ढिला सुरु भएकाले पर्यटकले समयमा जलयात्रा गर्न नपाएको ¥याफ्टिङ कम्पनीले जनाएका छन् । यस वर्ष ढिलासम्म वर्षा भएकाले पर्यटकले जलयात्रा रद्द गरेको स्विसा ¥याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसनका प्रबन्ध निर्देशक देव रेग्मीले बताउनुभयो ।
कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झन्डै एक महिना ढिलो गरी जलयात्रा सुरु भएको हो । एक महिना ढिलो सुरु भएकाले धेरै पर्यटकले जलयात्रा गर्न नपाउने अवस्था रहेका रेग्मीले बताउनुभयो ।
छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका छन् तर यो सिजनमा वर्षा, बाढी, पहिरो नरोकिएका कारण सेप्टेम्बरको सुरुमै बुक गरेका धेरै पर्यटकले ¥याफ्टिङ रद्द गरिसकेको रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीमा १० वटाभन्दा धेरै कम्पनीले ¥याफ्टिङ गर्दै आएका छन् ।
छोटो र पारिवारिक ‘¥याफ्टिङ’का लागि ‘फेमिली रिभर’को रूपमा चिनिएको कालीगण्डकीमा विदेशीको आकर्षण हुने गरेका छन् । स्वच्छ पानी, आकर्षक छाँगा र तीन दिनको यात्रा गर्न पाइने भएकाले विदेशीले कालीगण्डकीलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।
अन्य नदीको तुलनामा पर्यटकले कालीगण्डकी नदीलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ । पर्वतको कुस्मा नगरपालिकाको नया“पुलबाट सुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ ।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?