logo
२०८१ मंसिर ८ शनिवार



जिल्लाकैै पहिलो होमस्टे सञ्चालन

पर्यटन |


जिल्लाकैै पहिलो होमस्टे सञ्चालन


मनोज भट्टराई

ओखलढुंगा, कात्रिक १ गते । ओखल्ढुंगाको ठाडेमा जिल्लामै पहिलो पटक होमस्टे सञ्चालनमा आएको छ । । जन्तरखानिका मगर समुदायले जिल्लामै पहिलो होमस्टे सञ्चालन गरेका हुन् ।

होमस्टेमा बास बस्न आउने पाहुनालाई आलुको ढिडो (रिल्दुक), गोर्मालि (गहुँको पिठो दुधमा पकाएको), स्याक्पा, सिमी, मकै, फापरको ढिंडो लगाएत स्थानीय परिकारसँगै मगर समुदायको संस्कारले सत्कार गरिने गरीएको छ ।

होमस्टे सञ्चालनमा आएएपछि ओखलढुंगालाई आन्तरिक तथा बाह्य पर्यटकिय स्थल बनाउने योजनामा महत्वपूर्ण टेवा पुग्ने सघिय सांसद यज्ञराज सुनवारले बताउनुभएको छ । जन्तरखानिको ठाडेमा विद्युत र सञ्चारको निक्कै समस्या रहेको कारण विद्युत र सञ्चारसँगै अन्य विकासका पूर्वाधारहरुको संरचना तयार गर्न आफु लागी पर्ने उहाँले बताउनुभयो ।

सिद्धीचरण नगरपालिका–६ ठाडेमा मगर समुदायले ठाडे मगर सामुदायिक हामस्टे सञ्चालनमा ल्याएका हुन् ।स्थानिय मगर समुदायको संस्कृति संरक्षणसँगै स्थानिय परिकारहरुको प्रचारको लागी होमस्टे सञ्चालनमा ल्याएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताउनु भयो । हाल ९ घरमा होमस्टे सञ्चालनमा रहेको र २० घर होमस्टे सञ्चालनको लागी तयारी अवस्थामा रहेको उहाँको भनाई छ । जातिय संस्कृतिको जगेर्ना गर्दै जिल्लाका मानेभञ्ज्याङका राई समुदाय, पलापुका मगर समुदाय, खिजीफलटेका सुनवार समुदाय, रुम्जाटारका गुरुङ समुदाय लागएयतका बिभिन्न स्थानमा यस्ता होमस्टे संचालनमा आए पर्यटन प्रर्वर्धनमा टेवापुग्ने सघिय सांसद सुनवारको भनाई छ ।

होमस्टे सञ्चालन भएको ठाउँ उच्च भौगोलिक अबस्थामा रहेको कारण सोलारले समेत काम नगर्ने भएकाले बिद्युत आपुर्ति होमस्टे सञ्चालनको लागी चुनौति रहेको सञ्चालकहरुको भनाई छ ।

डेमा बुङको आलु र हिउँद याममा हिउँको लागी निक्कै प्रख्यात रहेको छ । यहाँ पाईने बुङको आलु बाह्य तथा आन्तरीक पर्यटकहरुले कोशेलिको रुपमा लाने गरेको पाईन्छ । ठाडेबाट सगरमाथा लागायत बिभिनन आधादर्जन हिमश्रृखलाको समेत अवलोकन गर्न सकिन्छ । ठाडेमा हिउँ पर्ने मौसममा हिउ खेल्ने र हिउँ हेर्ने पर्यटकहरुको घुईचो देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?