काठमाडौँ, कात्तिक १५ गते । कात्तिक १६ र १७ गते ओखलढुंगा पोकली झरना साँस्कृतिक महोत्सव हुने भएको छ । पोकली झरना क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देस्यले महोत्सवको आयोजना हुन लागेको हो ।
पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले ओखलढुंगा स्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय स्थल पोकली झरनालाई नेपाल सरकारले “नेपाल भ्रमणवर्ष २०२०” को लागी १०० गन्तव्य सूचीमा समावेस गरेको जानकारी दिनुभयो । उहाँले पोकली झरना सेवा समाजले यसपूर्व पनि पटक पटक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु गएर महोत्सव सम्पन्न भएको बताउनुभयो ।
पोकली भरनाको सौन्दर्य र महत्वलाई विश्व स्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरि यसको अधिकतम प्रचार प्रसार गर्ने उद्देश्यका साथ पोकली झरना महोत्सव आयोजना गरिएको बताउनुभयो ।