logo
२०८१ मंसिर ८ शनिवार



डेङ्गुको असर पर्यटन क्षेत्रमा आन्तरिक पर्यटक घटे

पर्यटन |


डेङ्गुको असर पर्यटन क्षेत्रमा आन्तरिक पर्यटक घटे


शालिग्राम नेपाल

चितवन, कात्तिक १५ गते । चितवनमा आएको डेङ्गुको महामारीको असर यहाँको पर्यटन क्षेत्रमा परेको छ । दशैँ तिहारमा आन्तरिक पर्यटकको भीड लाग्ने यहाँका पर्यटकीय क्षेत्रमा यस वर्ष ह्वात्तै सङ्ख्या घटेको पाइएको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, डेङ्गुको महामारीको असर यहाँको पर्यटन क्षेत्रमा प¥यो, घुम्न आउनेहरू जोखिम किन मोल्ने भन्दै आएनन्, होटलहरू सुनसान भए । उहाँका अनुसार विगतका वर्ष होटल भरिभराउ हुनेमा यस वर्ष २५ प्रतिशतभन्दा धेरैले कमी आयो, कोठा नपाउने समस्या भएन ।
यहाँका मानिसमा डेङ्गु लागेर अस्पताल भर्ना भएको विषय देशभर चर्चामा आएपछि आन्तरिक पर्यटकहरू बिदामा आउन कमी भयो, उहाँले भन्नुभयो । यही समयमा गत वर्ष दशैँदेखि तिहारसम्म आन्तरिक पर्यटकको भीड लाग्ने गरेको थियो । अहिले सुनसानजस्तै भएको छ, अध्यक्ष भट्टराईले भन्नुभयो ।
दशैँको दुई दिन र तिहारको दुई दिन मात्र पर्यटकको सङ्ख्या बढेको थियो अन्य दिन सुनसान । चितवन सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
सेभेन स्टार होटल सौराहाका सञ्चालक माधव दवाडीले भन्नुभयो, रोगको हल्ला र पर्यटकमा नयाँपनको खोजीले गर्दा सौराहा आउनेको सङ्ख्यामा कमी आएको हो । गएको वर्ष यही समयमा हप्ता दिन अगाडि कोठा बुक गर्नुपथ्र्याे तर अहिले त्यस्तो भएन तर अहिले पर्यटक कुरेर व्यवसायीहरू बसेका छन् ।
चिनियाँ पर्यटकको सङ्ख्यामा कमी नआए पनि आन्तरिक पर्यटक भने ह्वात्तै घटेको छ, उहाँले भन्नुभयो, अब नयाँ योजना नल्याउने हो भने सौराहा आउने पर्यटक अन्यत्र जान सक्छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वसचिव दामोदर रेग्मीको अनुमान अरूभन्दा फरक छ । उहाँले भन्नुभयो, भन्नलाई २५ प्रतिशत घटेको भने पनि वास्तवमा ५० प्रतिशत पर्यटक यस वर्षको चाडमा घटेका छन्, उहाँले भन्नुभयो, प्रमुख कारण डेङ्गुको महामारी हो, अर्को आर्थिक मन्दीले गर्दा घुम्न आउन छाडे ।
यही बिदाको समयमा घुम्न आउन बुक गरेकाले क्यान्सिल गर,े उहाँले भन्नुभयो, कारण सोध्दा डेङ्गु लाग्यो भने के गर्ने भन्दै सौराहा आउन छाडेर अन्यत्र गए । त्यही जङ्गली जनावर, त्यही राप्ती किनार छ । अन्य आकर्षक कार्यक्रम राखिएको छैन त्यसैले पर्यटकलाई तान्ने कार्यक्रम जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले भन्नुभयो, पर्यटकलाई बाँधेर राख्न सकिँदैन । त्यसैले अहिले चितवन आउने आन्तरिक पर्यटक पहाडी जिल्लातिर जान थालेका छन् । पहिलो यहाँ चलेको डेङ्गु रोगको महामारी अर्को नयाँ ठाउँ हेर्ने रहर त्यसैले चितवनमा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा भारी गिरावट आएको छ, सुवेदीले भन्नुभयो ।
अहिले मुस्ताङको मुक्तिनाथ, रारा, हलेसी, पाथीभरा, कालिञ्चोकलगायतका स्थानमा पर्यटको सङ्ख्या वृद्धि भएकाले सौराहामा कमी आएको हुनसक्ने यहाँका पर्यटन व्यवसायीले निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।
चितवनमा गएको साउनयता अहिलेसम्म डेङ्गु रोग लागेर प्रभावित हुनेको सङ्ख्या चार हजार ३८३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले भन्नुभयो, यो सङ्ख्या अहिलेसम्मकै उच्च हो, अब बिस्तारै बिरामी घट्दो क्रममा रहेका छन् ।
पर्यटकलाई बास बस्न सौराहामा मात्र करिब १२० वटा होटल र ८० वटा रेस्टुरेन्ट छन् । तीबाहेक मेघौली, पटिहानी, जगतपुर, जुगेडी, भरतपुर, त्रिशूली किनारलगायतका स्थानमा पर्यटक केन्द्रित एक सयभन्दा धेरै होटल छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?