सागर बस्नेत
थोराङ्ला पास, कात्तिक १८ गते । अन्नपूर्ण सर्किट ट्रेक अर्थात अन्नपूर्ण परिक्रमा पदयात्रको महत्वपूर्ण खण्डमा पर्ने थोराङला पासमा अहिले मौसम सफा छ ।
यस क्षेत्रमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको घुँइचो लागेको छ । मौसम सफा भएकाले पदयात्रीले सहज रुपमा ओहरदोहर गर्न पाएका छन् ।
कुल पाँच हजार ४१६ मिटरको उचाइमा रहेको यो पास अन्नपूर्ण परिक्रमा पदयात्रको सबैभन्दा कठिन खण्डका रुपमा लिने गरिएको छ ।
यहाँ समुद्र सतहमा भन्दा अक्सिजनको तह आधा मात्र हुने यस क्षेत्रमा पुग्दा केही असहज भए पनि खुला नीलो आकाश र सेता हिमालले जो कोहीको मान लोभ्याउनुका साथै लामो पदयात्रको थकानलाई भूलेर भूस्वर्गमै पुगेको अनुभूति हुन्छ ।