logo
२०८१ मंसिर ९ आईतवार



मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव २०७६ शुरु

पर्यटन |


मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव २०७६ शुरु



नवलपरासी समाचारदाता
अरुणखोला (नवलपरासी) पुस ७ गते । नेपाल भ्रमण वर्षलाई लक्षित गरी आजदेखि १७ गते सम्म मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव २०७६ शुरु भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको सो महोत्सवले भाषा कला संस्कृतिः समग्र राष्ट्रको उन्नति भन्ने उद्देश्यका साथ मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६ शुरु भएको हो । महोत्सवको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आज उद्घाटन गर्दै सबै जात जातिको कला धर्म र संस्कृतिको रक्षा सरकारले गर्ने बताउनु भयो ।
राज्यमन्त्री मानन्धरले नेपाल अनेकतामा एकता र सबै जातजातिको साझा फुलबारी भएकाले नेपालको साझा सम्पति नै जातीय पहिचान भएको समेत बताउनुभयो ।
महोत्सवमा आरुङखोलामा डुङ्गा खियाउने, वाल उद्यान, विभिन्न जातजातिको खानाका परिकार, मिस नेवाः प्रतियोगिता, डान्स आईडलका कार्यक्रमहरु रहेका छन् ।
महोत्सवमा मिस नेवाः प्रतियोगिता, लोक दोहोरी गायक राजु परियार र गायिका डिला विकसहित सांस्कृतिक कार्यक्रम रहेको मेला आयोजक मूल समिति संयोजक कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?