logo
२०८१ मंसिर ९ आईतवार



गोरखामा १० रमणीय स्थल पर्यटन गन्तव्यमा सिफारिस, गुम्सीपाखा पहिलाे

पर्यटन |
प्रदेश |


गोरखामा १० रमणीय स्थल पर्यटन गन्तव्यमा सिफारिस, गुम्सीपाखा पहिलाे


नरेन्द्र ढकाल

गोरखा, पुस १४ गते । जिल्लाका १० रमणीय स्थल पर्यटकीय गन्तव्यका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलको आग्रह र स्थानीय तहको छनौटको आधारमा जिल्ला समन्वय समितिले सूचीकृतका गर्नका लागि छनोट भएका नाम पठाइएको हो ।

‘मन्त्रालयले ताकेता गरेको गरै थियो । स्थानीय तहबाट छनौट भई आएका नामहरुलाई अन्तिम रुप दिएर हामीले पठाएका छौं ।’ - जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भन्नुभयो । गोरखाका ११ स्थानीय तह मध्ये चुमनुव्री र आरुघाट गाउँपालिकाले भने सम्भावित पर्यटकीय स्थलको नाम नपठाएपछि ९ वटा स्थानीय तहका १० गन्तव्य छानिएका हुन् । जिल्ला समन्वय समितिले धार्चे गाउँपालिका–४ गुप्सी पाखामा निर्मााण भईरहेको एक्किृत नमूना वस्तीलाई पहिलो नम्वरमा सिफारिस गरेको छ ।

जिसस प्रमुख गुरुङका स्वकिय सचिव तुलसी धितालले दिएको जानकारी अनुसार एक नम्बरमा एनआरएनएको मोडल भिलेज लाप्राक, २ नम्बरमा गोनपा–४ को भीमसेन थापा स्मारक पार्क, ३ नम्वरमा सहिद लखन गाउँपालिकाको बुंकोटमा रहेको प्रथम सहिद लखन थापामगर स्मारक किल्ला र अजिरकोट गाउँपालिका–३ को अजिरकोट कालिका मन्दिर र अजिरकोट पुरानो दरवारलाई चौथो नम्वरमा सिफारिस गरिएको छ ।

यसैगरी गण्डकी गाउँपालिकाको महादेव भैरव स्थान पर्यटक क्षेत्र पाचौं, पालुङ्टार नगरपालिकाको लिगलिगकोट दरवार छैटौं, वारपाक सुलिकोट गाउँपाकिलाको सीता गुफा सातौं, सिरानचोक गाउँपालिकाको सिरानचोक कोट आठौं, भीमसेन थापा गाउँपालिकाको बराम समूदायको बसोबास रहेको क्षेत्र र धार्चे गाउँपालिकाको उहियामा रहेको तातोपानी कुण्डलाई दशौं नम्वरमा सिफारिस गरिएको छ ।

गण्डकी प्रदेशले हरेक वर्ष ११ वटै जिल्लाका १०/१० पर्यटकिय गन्तव्यको छनोट गरी पुस्तक प्रकाशन गर्ने गरेको छ । गत वर्ष मन्त्रालयले ताकेता नगर्दा जिल्लाका कुनै पनि पर्यटकिय गन्तव्य उक्त पुस्तकमा नसमेटिएको जिसस स्रोतले बताएको छ ।

मनकामना, गोरखकाली, गोरखा संग्राहलय, भूकम्पको केन्द्रविन्दु वारपाक, मनास्लु क्षेत्र जस्ता ठाउँ यस अघि नै पर्यटकिय गन्तव्यको रुपमा स्थापित भइसकेकाले उक्त सूचीमा समावेश नगरिएको जिसस गोरखाले जनाएको छ ।

‘लुकेर रहेका पर्यटकिय गन्तव्यको बारेमा देश विदेशमा रहेका मानिसलाई जानाकारी दिनु यसको उदेश्य हो । यस अघि नै चिनिइसकेका ठाउँलाई त फेरी चिनाइरहनु परेन ।’ जिसस प्रमुख गुरुङले भन्नुभयो । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । नयाँ गन्तव्य थपिएसँगै जिल्लामा पर्यटकको बसाई लम्व्याउन  सकिने विश्वास लिइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?