logo
२०८१ मंसिर ९ आईतवार



अस्टे«लियामा भ्रमण वर्षको शुभारम्भ

पर्यटन |


अस्टे«लियामा भ्रमण वर्षको शुभारम्भ



गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २३ गते । अस्टे«लियामा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यु साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्त रूपमा यसको औपचारिक शुभारम्भ गर्नुभएको हो । अस्टे«लियास्थित नेपाली राजदूतावासको आयोजना र एनआरएन अस्ट्रेलियाको सहकार्यमा सिड्नीस्थित ओपेरा हाउसको आगनबाट यसको सुरुआत भएको घोषणा
गरिएको हो ।
शुभारम्भ कार्यक्रममा मन्त्री भट्टराईले गत वर्ष करिब तीस हजार अस्टे«लियाली नागरिकले नेपाल भ्रमण गरेको यो सङ्ख्या भ्रमण वर्षमा बढ्ने अपेक्षा राखिएको बताउनुभयो । शुभारम्भकै क्रममा मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली जनता यस्तो दुःखमा साथमा रहेको बताउनुभयो । त्यस्तै उहाँले नेपालको कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्नसमेत आग्रह गर्नुभयो ।
सभामुख ओडीले नेपाल सुन्दर देश भएको र एकपटक हेर्नपर्ने बताउनुभयो । अस्टे«लियाले बेहोरिरहेको सङ्कटमा नेपालीको साथ र सहयोग रहेको उहाँले बताउनुभयो । कार्यक्रममा एनएसडब्लूका पूर्वप्रिमियर नाथन रिजले आफू मार्च महिनामा नेपाल जान लागेको जानकारी दिनुभयो ।
शुभारम्भपछि न्यु साउथ वेल्सको संसद्मा नेपाल भ्रमण वर्षको उद्घाटन गरिएको थियो । सोही क्रममा मन्त्री भट्टराईले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने मात्र नभई पर्यटकको सुरक्षाका लागि पनि काम गरिरहेको बताउनुभयो ।
शुभारम्भबारे गलत प्रचार
अस्टे«लियामा नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ कार्यक्रममा प्रतिबन्ध लगाइएको भन्दै गलत प्रचार गरिएको मन्त्री भट्टराईले बताउनुभएको छ । भ्रम फैलाउनुका पछाडि गम्भीर नियत रहेको उहाँको भनाइ छ । ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ?’ उहाँले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ ।
शुभारम्भ कार्यक्रमपछि निकालिएको मौन ¥याली कस्टम हाउसदेखि ओपेरा हाउससम्म पुगेपछि सुरक्षाकर्मीले ब्यानरसहित नजान अनुरोध मात्र गरेको मन्त्रीको सचिवालयले स्पष्ट पारेको छ । सुरक्षाकर्मीको सामान्य सोधपुछपछि मन्त्रीसहित सहभागी करिब एक सय जनाले अनुशासनपूर्वक ब्यानर हटाएर ओपेरा हाउस पुगेको पनि सचिवालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?