नगेन्द्र सापकोटा
भक्तपुर, माघ १० गते । सूचना तथा सञ्चार प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारसँग सरकारको कुनै साइनो सम्बन्ध नभएको बताउनुभएको छ ।
नगरकोट नाल्दुल पर्यटन विकास समितिद्वार तीन दिने नगरकोट महोत्सवको शुक्रवार उद्घाटन गर्दै उहाँले नेपाल भ्रष्टाचारको सूचाङ्कमा घट्दै जानु सकारात्मक सङ्केत भएको स्पष्ट गर्नुभयो ।
मन्त्री बाँस्कोटले भन्नुभयो “नगरकोट सडक आगामी वैशाखभित्र नबने सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायिलाई क्षतिपूर्ति तिराइनेछ ।”
२२ वर्षसम्म नभएको विकासको गतिलाई वर्तमान सरकारले तिब्ररूपमा अगाडि बढाएको चर्चा गर्दै उहाँले देश सङ्घीय संरचनामा गएकाले विकासको गति पनि क्रमिक रूपमा अगाडि बढ्दै गएकोमा जोड दिनुभयो ।
आफ्नो घर नबनाउने अनी सरकारलाई मात्र गाली गर्ने हाम्रो कमजोर प्रवृत्ति भएको प्रति चिन्ता प्रकट गर्दै उहाँले भन्नुभयो “ देश बनाउने क्रम वर्तमान सरकारले शुरू गरेको छ ।”
सरकारले नीति र योजना बनाएर काम गर्न लागेको चर्चा गर्दै उहाँले सरकार गरेको काम क्रमिक रुपमा देखिदै गएको बताउनुभयो
निर्णायक तहमा भएका व्यक्तिले निर्णय गर्दा देश र जनतालाई फाइदा हुन्छकी हुँदैन भन्ने सोचेर मात्र निर्णय गर्न उहाँले सरकोरलाई आग्रह गर्नुभयो ।
जल, जङ्गल जमिन र प्राकृतिक पर्यावरण नेपालको सँस्कृतिक भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले डम्फु, बाजा, भजन लगायतका परम्मपरागत सँस्कृति जोगाउनुपर्ने बताउनुभयो ।
सुकुम्मबासीको नाममा हुकुबासीय प्रवृति सरकारका लागि स्वीकार्य नभएको चर्चा भन्दै उहाँले सार्वजनिक जमिनको अतिक्रमण गर्नेलाई सरकाले कानुन अनुसार दण्ड सजाय गर्ने स्पष्ट गर्नुभयो ।
विरोध गर्नका लागि माइतीघर मण्डलाको विकल्प खोज्न आग्रह गर्दै बाँस्कोटाले रत्नपार्क र तीनकुनेमा गएर पनि विरोध गर्न सकिने उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता पर्यटन व्यवसायि लगायतले नगरकोट क्षेत्रलाई पर्यटकीय प्रबद्र्धनमा जोड दिदै जानुपर्ने बताउनुभयो । महोत्सवमा स्थानीय उत्पादन, विभिन्न साँस्कृतिक भल्कने बाजा लगायतका वस्तु प्रर्दशनमा राखिएका थियो ।