गोरखापत्र अनलाइन
काठमाडौं, माघ २१ गते । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला इएम्आइटीटी को २४ औं सस्ंकरण गत हप्ता इस्तानबुल, टर्किमा सम्पन्न भएको छ ।
उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवकिर्गका हिसावले फलदायी भएको र नेपालले टर्कीका दर्शकहरूलाई विभिन्न पर्यटकीय गन्तब्य र सेवाहरुको बारेमा आवश्यक जानकारी गराएका थिए ।
सो मेलामा नेपाली स्ट्याण्डमा टर्कीको संस्कृति तथा पर्यटन मन्त्री मेहमेत नुरी एरसोइ भ्रमण गर्नु भएको सो अबसरमा नेपालका तर्फबाट नेपाली कलात्मक घण्टा उपहार प्रदान गर्नुभएको थियो । साथै भ्रमण वर्ष २०२० मा टर्किस नागरिकका साथमा नेपाल भ्रमण गर्न निम्तो दिइएको थियो ।
टर्किको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षहरुमा धेरै एशियाली देशहरुको लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ र नेपाल पनि यी मध्य एक रहेको मानिन्छ । नेपाल पर्यटन बोर्डले सो बजारमा नेपाललाई परिचित गर्न उपलब्ध सबै प्रयासहरु गरीरहेको छ
नेपालको स्टलले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त ग¥यो भने एक हजारभन्दा बढीले स्टल अवलोकन गरेका थिए । इस्तानबुल र काठमाण्डौं बीचको सिधा हवाई सम्पर्कले टर्किस पर्यटकको आगमन संख्या निरन्तर बढी रहेको छ । सन् २०२० मा कूल ६ हजार १०० टर्किस नागरिकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल पर्यटन बोर्डसँगै हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन, स्वर्णिम टुर्स एण्ड ट्राभल, कृष्टल एड्भेन्चर्स र वान हिमालयन एड्भेन्चर्स सहभागी थिए ।