logo
२०८१ मंसिर ९ आईतवार



होमस्टेले दियो महिलालाई रोजगारी

पर्यटन |


होमस्टेले दियो महिलालाई रोजगारी



अमरराज नहर्की
तनहुँ, फागुन १४ गते । तनहुँको म्याग्दे गाउँपालिका–७ हर्षपुरमा महिलाहरु मिलेर होमस्टे सञ्चालनमा ल्याएपछि उहाँहरु आत्मनिर्भर बन्न पुग्नुभएका छन् । महिलाद्धारा सञ्चालित होमस्टेमा दिन प्रतिदिन पाहुना बढ्न थालेपछि आम्दानीमा वृद्धि भएको मात्रै छैन लोपोन्मुख अवस्थामा पुगेको संस्कृति संरक्षण हुन पुगेको छ । गाउँमा रहेको ४६ घर मध्ये १८ घरमा होमस्टे सञ्चालनमा ल्याईएको छ । सावित्राको जस्तै होमस्टे सञ्चालन गर्ने महिलाले आम्दानी गर्न थालेका छन् ।

एक वर्ष अघिसम्म फुर्सदिलो बन्नु भएकी उक्त गाउँकी सावित्रा आलेलाई यतिबेला काममा भ्याई÷नभ्याई छ । उहाँले गरेको उत्पादन गाउँमै खपत भएको छ । घरमा रहेको करिब एक रोपनी करेशाबारीमा साग, मुला, धनिया, प्याज, लसुन फलेको छ । त्यसलाई बेच्न बजारसम्म जानु परेको छैन । ‘पहिला पैसाको दुःख थियो अहिले होम स्टे सञ्चालन भएपछि घर खर्च चलाउने रकमको जोहो मात्रै भएको छैन बरु केही रकम जम्मा पनि भएको छ, सावित्राले भन्नुभयो ।

एक वर्षमा बीस हजार बचत भएको छ । गाउँमा रहेका ४६ घर मध्ये १८ घरमा होम स्टे सञ्चालनमा ल्याईएको छ । सावित्राको जस्तै होमस्टे सञ्चालन गर्ने महिलाले आम्दानी गर्न थालेका छन् । म्याग्दे गाउँपालिकाको पहल कदमी एक वर्ष अघि देखि डाँडागाउँ, हर्षपुर सामुदायिक होम स्टे सञ्चालनमा ल्याईएको छ । गाउँमा बजारबाट किनेर ल्याएको खानेकुरा खान तथा खुवाउन प्रतिबन्ध लगाईएको होमस्टेकी अध्यक्ष बिईसरा थापाले जानकारी दिनुभयो ।

पाहुनालाई स्थानीय परिकार खुवाउनको लागि प्रतिबन्ध लगाईएको उहाँले भनाइ छ । पाहुनाको गाउँमै उत्पादित खानेकुरामा रुची रहेको पाईयो अध्यक्ष विईसराले भन्नुभयो, हामीले गिठा, भ्याकुर,सिस्नोको साग, तरुल,कोदो, मकै, गुन्द्रकु भट्ट खुवाउने गरेका छौं । पर्यटनका विज्ञ हरिसिंह गुरुङलाई बोलाई होमस्टे सञ्चालन गर्न उचित देखिएकोले पालिकाले होमस्टे सञ्चालनको लागि मद्धत गरेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले जानकारी दिनुभयो । रमणीय गाउँ भए पनि आम्दानी लिन नसकेको र युवाहरु विदेश गएर जमिन बाँझो रहने अवस्थामा वृद्धि हुँदै गएकोले होमस्टे सञ्चालनमा ल्याईएको होे गाउँपालिकाको अध्यक्ष मायाले भन्नुभयो, होमस्टे महिलाहरुलाई आत्मनिर्भर बनाउन र स्थानीय सस्कृतिको संरक्षण गर्न मद्धत पुग्दा खुसी लागेको छ ।

कौरा, घुम्रे जस्ता लोप हुन लागेका नाचहरु पनि होमस्टे सञ्चालन पनि जर्गेना हुन पुगेको अध्यक्ष माया बताउनु हुन्छ । गाउँमा अधिकांश मगर समुदाय रहेका छन् । सास्कृतिक रुपले धनी उक्तगाउँ दमौली वजार, हरियाली फाँट,मादी, सेती नदी विभिन्न हिमश्रीङ्खला, भएर थान मन्दिर, पानधारे मन्दिर लगायतले पर्यटकलाई लोभ्याउने गर्छ । ‘गाउँमा आएका पाहुनालाई के सास्कृति कार्यक्रम देखाउनु पर्छ भन्ने भावानाको विकास भएकाले युवाहरुलाई बुढापाकाले पुरानो संस्कृति सिकाउने गरेको पाईएको वडा नम्बर ७ का वडा अध्यक्ष पदमराज वाग्लेले जानकारी दिनुभयो ।

गाउँलाई २ लाख ३० हजार रुपियाँ दिई होमस्टे पूर्वाधार निमार्ण सहयोग गरि थालनी गरिएको गण्डकी प्रदेश सरकारबाट पनि दश लाख रुपैयाँ अनुदान प्राप्त गरेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

नागिलाका अनुसार उनिहरुलाई प्रदेश र पालिकाले एक÷एक साताको छुट्टा छुट्टै प्रशिक्षण दिईएको छ । प्रदेशबाट प्राप्त रकमले सामुदायिक भवन निमार्ण गरेको र भवन अधुरो रहेकोले अभैm पाँच लाख रुपैयाँ थप आवश्यक परेको होमस्टेले जनाएको छ । पानधारे र त्यहाँ स्थित मन्दिरको लागि १५ लाख र अर्को गाउँकै आकाशे देवि मन्दिरको लागि १० लाख रुपियाँ निकासा गरि भौतिक पूर्वाधारको विकास गरिएको एवं बाटोको स्तरउन्नतीको काम भईरहेको म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

दमौलीबाट १० किलोमिटर र थर्पुबाट ७ किलो मिटर वाह्रैमहिना चल्ने कच्ची सडकमा दैनिक वस तथा जीपको सुविधा रहेको छ । पर्यटन प्रवद्धनको लागि तनहुँको अतिरिक्त कास्की, स्याङ्जा र लमजुङका विभिन्न भू–भागमा पर्यटकीय स्थलसँग जोडेर पैदल मार्ग पनि विकास गरिएको म्याग्दे गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?