बेलिना थापा
लमजुङ, फागुन २७ गते । लमजुङको मर्स्याङ्दी नदीमा-याफ्टिङ गरिएको छ । बेंसीसहर नगरपालिका ६ बेलौतीविसौनादेखि बेंसीसहर ८ करपुरेश्वर मन्दिरसम्म २ किलामिटरको दुरीमा -याफ्टिङ गराइएको छ ।
एक दशकअघि सम्म यो समय विभिन्न समूहमा आएका पर्यटकले मस्र्याङदीमा -याफ्टिङ गर्थे । दुई बर्षअघिसम्म कायाकिङ पनि भएको थियो । अहिले महोत्सवको अवसरमा -याफ्टिङ गरिएको छ । बेंसीसहर नगरपालिका–८ दनाईफाँटमा सञ्चालित दोस्रो आदिवासी जनजाति लमजुङ साँस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा -याफ्टिङ गरिएको हो ।
शुक्रबारदेखि सुरु भएको महोत्सवको तेस्रो दिन आइतबारदेखि मस्र्याङदी नदीमा -याफ्टिङ गरिएको हो । महोत्सवको पर्यटन व्यवस्थापन उपसमितिका संयोजक सुमन गुरुङका अनुसार ३ दिनसम्म -याफ्टिङ गरिएको हो ।
जिल्लामा जल तथा साहसिक पर्यटन प्रवद्र्धन गर्न -याफ्टिङ गराइएको उहाँले बताउनुभयो । ‘मस्र्याङदी नदी -याफ्टिङ र कायाकिङका लागि राम्रो नदी हो । यहि नदीमा पहिले विदेशीले दिनदिनै -याफ्टिङ र कायाकिङ गर्थे’ उहाँले भन्नुभयो, ‘अहिले यस्तो हुन सकेको छैन । महोत्सवहरुमा हुने गरेको छ । आदिवासी जनजाति महोत्सवमा पनि -याफ्टिङ गरायौं ।’
उहाँका अनुसार एकपटकमा ८ जनाले -याफ्टिङ गरेका छन् । प्रति व्यक्ति ७०० रुपियाँ टिकट लिइएको संयोजक गुरुङले बताउनुभयो । -याफ्टिङ रिभर गाइड सुनिल लामाका अनुसार शनिबार बेंसीसहर आएर आइतबारबाट -याफ्टिङ गराइएको हो । उहाँले लमजुङमा पहिलो पटक -याफ्टिङ गराएको बताउनुभयो । यसअघि त्रिशुली, भोटेकोशीलगायत नदीमा -याफ्टिङ गराएको उहाँले बताउनभुयो । उहाँले भन्नुभयो–‘-याफ्टिङका लागि मस्र्याङदी एकदमै उपयुक्त नदी रहेछ । तर, ठाउँठाउँमा जलविद्युत आयोजना बनेकाले अहिले असहज भएको रहेछ ।’
महोत्सव मूल समारोह समितिका संयोजक एवं आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हरिजङ तामाङका अनुासर पर्यटक -याफ्टिङ गर्न रुचाउने र रमाउने भएकाले -याफ्टिङ गराइएको हो । पर्यटकलाई आकर्षित गराई पर्यटन प्रवद्र्धन गर्न -याफ्टिङ गरिएको उहाँले बताउनुभयो । यसअघि २ बर्ष अघि आयोजित महोत्सवको बेला मस्र्याङदी नदीमा -याफ्टिङ गरिएको थियो ।
हिमालयन रिभर गाइड एसोसिएसन नेपालका पूर्व अध्यक्ष एवं -याफ्टिङ र कायकिङ गाइड युवराज अधिकारीका अनुसार अक्टोबरको अन्तिमदेखि मार्चसम्म जलयात्राको लागि उपयुक्त मौसम मानिन्छ । जलविद्युतको निर्माण क्रम बढेपछि मस्र्याङदीमा ¥याफ्टििङ तथा कायाकिङ प्रतियोगिता सञ्चालन गर्न मुस्किल परेको उहाँले बताउनुभयो । ‘पहिले यो समय -याफ्टिङ र कायाकिङले दैनिक जसो हुन्थ्यो । जव जलविद्युत बने । त्यसपछि हुन सकेन’ उहाँले भन्नुभयो, ‘कहिलेकाही कायाकिङ प्रतियोगिता हुने गरेको छ । प्रतियोगिता र मेला महोत्सव भए मात्र आउँछन् । अन्य समयमा आउन छाडेका छन् ।’
पहिले -याफ्टिङको लागि एक हप्ताको प्याकेज हुन्थ्यो । अहिले २ दिनमा सीमित भएको व्यवसायीले बताएका छन् । पछिल्लो समय कहिलेकाहीं हुने गरिएकोमा मस्र्याङदी र खुदीको दोभानबाट मध्यमस्र्याङदीको ड्यामसम्म एक दिन र अर्को दिन पाउँदीदेखि तुरतुरेसम्म हुने गरेको छ । यसअघि मस्र्याङदी गाउँपालिका ३ को स्याँगे, ङादी क्षेत्रबाट खुदी, खुदीदेखि बेंसीसहर, बेंसीसहरदेखि भोटेओडार, भोटेओडारदेखि तुरतुरेसम्म -याफ्टिङ हुन्थ्यो । बेंसीसहरमा एक दिन विश्राम हुन्थ्यो । तनहुँको आँबुखैरनीमा मस्र्याङदी जलविद्युत आयोजना बन्नुअघि उत्तरी लमजुङदेखि मुग्लिनसम्मको जलयात्रा हुन्थ्यो ।