logo
२०८१ मंसिर १० सोमवार



सम्मानसाथ हिमचितुवाकाे अन्तिम विदाइ (फाेटाे फिचर)

पर्यटन |


सम्मानसाथ हिमचितुवाकाे अन्तिम विदाइ (फाेटाे फिचर)


गाेरखापत्र अनलाइन 

काठमाडाैं, असाेज ७ गते ।  विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको शेर्पा समुदायकाे परम्पारगत विधि अनुरूप काठमाडाैमा अन्तिम संस्कार गरिएकाे छ । उहाँकाे साेमबार बिहान १० बजेआफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको थियाे ।
 उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको थियो ।

सरकारी सम्ममानका साथ उहाँकाे अन्तिम विदाइ तस्बिरमा 

तस्बिरः सुजन गुरूङ 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?