logo
२०८१ मंसिर १० सोमवार



‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’   

पर्यटन |


‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’   
सांकेतिक तस्बीर


पाँचथर, असोज १९ गते।  पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् ।

 सरकारी र निजीक्षेत्रबाट प्रभावकारी प्रयत्न नहुँदा यहाँ पर्यटकका लागि उपयुक्त पूर्वाधार बन्न नसकेको तथा भएका गन्तव्यको समेत प्रचार हुन नसकेको व्यवसायीको ठम्याइ छ । पर्यटन विकासमार्फत विकास र समृद्धि हासिल गर्ने कुरा व्यवसायीको मात्रै चिन्ताको विषय बन्ने गरेको उनीहरुको गुनासो छ । 

  हालै पाँचथरको फिदिमस्थित पौवाभञ्ज्याङमा भेला भएका पाँचथर, इलाम र झापाका पर्यटन व्यवसायीले प्रचार र पूर्वाधारको अभाव रहेको ठह¥याउँदै पूर्वी नेपालको पर्यटन विकासका लागि व्यवस्थित पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिने निष्कर्ष निकालेको हो । साविक मेची अञ्चलका पर्यटन व्यवसायीलाई सङ्गठित गर्दै आएको मेची पर्यटन कोरिडोरका अध्यक्ष रमेश दङ्गालले भन्नुभयो, “भारतका पर्यटकहरु नेपाल भन्नेबित्तिकै काठमाडौँ, पोखरा र चितवन बुझ्छन् तर त्यत्तिकै आकर्षक पूर्वका गन्तव्यबारे उनीहरुलाई थाहा हुँदैन ।” 

व्यवसायी दङ्गाल पूर्वमा पर्यटन विकासमा सरकारी र निजीक्षेत्र एकदमै पछि रहेको बताउनुहुन्छ । “सरकारी लगानी त छैन नै, आएका पर्यटकको सेवा दिने व्यक्ति तथा संस्थाहरुसमेत अत्यन्तै कम छन्”, दङ्गालले थप्नुभयो, “प्रचारप्रसार र पूर्वाधार विकासमा सबैले साझेदारी गर्नुपर्छ ।”   

पर्यटन व्यवसायी नेत्र कार्की आन्तरिक पर्यटन प्रवर्धन हुन नसकेको वताउहुन्छ । “आन्तरिक पर्यटन प्रवर्धनले मात्रै बाह्य पर्यटक ल्याउने र प्रचारप्रसारलाई व्यवस्थित गर्न मद्दत गर्छ”, कार्कीले भन्नुभयो, “पश्चिमका पर्यटक पूर्वमा घुम्न आउँदैनन् । बरु सिक्किम दार्जिलिङ पुग्छन् ।” निश्चित पर्यटकीय गन्तव्यलाई व्यापक प्रचार र प्रवर्धन गरी पूर्वमा रहेका अन्य गन्तव्यको पनि विकास गर्नुपर्नेमा कार्कीको जोड छ । “हामी भए जति सबै ठाउँलाई विकास गर्न लाग्दा कुनै पनि गन्तव्य अन्तरराष्ट्रियस्तरमा प्रचार हुन सकेनन्”, कार्कीले भन्नुभयो, “त्यसैले पूर्वलाई चिनाउन लागौँ ।”    

होटल ब्यवसायी देवीप्रसाद पौडेल घरबासको प्रवर्धन , ग्रामीण, धार्मिक र कृषि पर्यटनमा जोड दिनुपर्ने बताउनुहुन्छ । पर्यटकहरुको स्वागत तथा सत्कार गर्न, उपयुक्त सेवा दिन तथा उपयुक्त वातावरण बनाउन पूर्वको समाज तयार भइनसकेको वताउँछन् । विशेषतः विदेशी पर्यटकले घुम्ने उपयुक्त वातावरण नपाउने गरेकाले पपर्यटन विकासले अपेक्षित गति नलिएको उनीहरुको साझा धारणा छ ।    
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरलाल चिपालु पर्यटनले देशको विकास र स्थानीयवासीको आम्दानी वृद्धिमा सघाउँछ भन्ने चेत नै भर्खर मात्रै खुलेको बताउहुन्छ । अहिले पर्यटन विकासमा देखिएको तदारुकता आगामी दिनमा समेत निरन्तर रहनुपर्ने उहाँको भनाइ छ । 

प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे सङ्घीय संरचनाले पर्यटन विकासलाई द्रुत गतिमा अघि बढाउन सघाउ पु¥याएको बताउनुहुन्छ । “हिजो सङ्घ सरकारले मात्रै आँखा पु¥याउन नसक्दा पूर्वका पर्यटकीय गन्तव्य पछि परेकै हुन्”, सभापति थेबेले भन्नुभयो, “अहिले प्रदेश र स्थानीय सरकारले समेत प्रशस्त लगानी गरी पर्यटकीय गतिविधि वृद्धि गरेका छन् । यसमा सङ्घ सरकारले समेत सघाउ पु¥याउने अवसर पाएको छ ।” उहाँले कृषि, ग्रामीण र धार्मिक पर्यटन प्रवद्र्धन, घरबासको विकास एवं पर्यटकीय वातावरण निर्माणमा लाग्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?