logo
२०८१ बैशाख २९ शनिवार



पोखरा घुम्न यस्ता छन् सस्तो भ्रमण प्याकेज

पर्यटन |


पोखरा घुम्न यस्ता छन् सस्तो भ्रमण प्याकेज


तारा चापागाई

पोखरा, असोज २३ गते । कोभिड–१९ को कारणले थलिएको पर्यटनलाई चलायमान बनाउन नाट्टा गण्डकीले कात्तिक १ देखि लागू हुने भ्रमण प्याकेज ल्याएको छ ।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा आसपासका गन्तव्य घुम्न चाहनेहरुका लागी सो प्याकेज ल्याएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनु भयो । कात्तिक १ देखि पर्यटकिय गाँउ धार्मिक तथा विभीन्न मठमन्दिर खुल्ने भएकोले सहुलियत दरमा पर्यटकलाइ आर्कषण गर्न प्याकेजको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले लकडाउनका कारण घर बाहिर निस्कन नपाएकाहरु थुनिएको महशुस गर्नेहरु पुन निर्मल लाइफमा फर्काउन प्याकेज ल्याएको बताउनु भयो । पोखरा आसपासका गन्तव्य कोरोनाबाट सुरक्षित छन् भन्ने सन्देश दिनु पनि यसको उदेश्य हो ।
“पर्यटनलाइ चलायमान बनाउन आन्तरिक पर्यटकका लागी प्याकेज ल्याएको हौ, प्याकेजमा मुल्य भने होटलको स्तर, ठाँउ अनुसार फरक–फरक निर्धारण हुनेछ । सवारीसाधनमा होटल लगायत सबै ठाँउमा पर्यटन बोर्डले लागू गरेको स्वास्थ्य मापदण्ड अपनाउने छौँ - सिग्देलले भन्नुभयो ।

यस्ता छन् प्याकेज
मुक्तिनाथ, अष्ट्रेलियन क्याम्प, घान्द्रुक ,पोखरा गरि ५ वटा प्याकेज रहेका छन् । नाट्टा गण्डकीका कोषाध्यक्ष राजेश पहारीले हरेक गन्तव्यका लागी विशेष छुटको व्यस्था गरिएको जानकारी दिनुभयो । “सरकारले होटल संचालन गर्ने भनिरहदा पर्यटकिय स्थलहरु नखोल्दा पर्यटक कहाँ घुम्ने, कात्तिक १ देखि पर्यटकिय स्थल खुल्ने भनेपछि हामीले सो व्यवस्था गरेका हौ, कोभिड बढिरहदा सोचे जस्तो नहोला, तर पनि सुरक्षाका मापदण्ड अपनाएर हामी प्रयासमा छौ, । उहाँले भन्नुभयो ।
कोषाध्यक्ष पहारीका अनुसार दुई रात तीन दिनको पोखरा घुम्ने प्याकेज प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँबाट सुरु हुनेछ, प्याकेजभित्र पर्यटकले फेवाताल , विश्व शान्ति स्तुप, सराङकोट, गुप्तेश्वर गुफा, डेभिज फल, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, विन्ध्यवासिनी मन्दिर, चमेरे गुफा, महेन्द्र गुफा र घुम्न पाउनेछन् ।
पोखरा–घान्द्रुक प्याकेजमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुक बस्ने प्याकेजमा सबैभन्दा सस्तो प्रतिव्यक्ति ८ हजार १ सय ५० रुपैयाबाट शुरु रहेको छ ।
तीन रात चार दिनकै पोखरा–अस्ट्रेलियन क्याम्प प्याकेजमा पर्यटकले पोखरासहित अर्को पर्यटकीय गाउँ धम्पुस,घम्पुसमाथिको अस्ट्रेलियन क्याम्पमा एक रात बिताएर नजिकबाट अन्नपूर्ण हिमशृंखला अवलोकन गर्नेछन् जसका लागी ७ हजार १ सय ५० बाट शुरु हुनेछ ।
चार रात पाँच दिनको अर्को मुस्ताङ आकर्षक भ्रमण प्याकेज हो । पहिलो दिन पोखरा घुमेर दोस्रो दिन पर्यटक मुक्तिनाथ बास बस्न पुग्नेछन तेस्रो दिन मुक्तिनाथ, ढुम्बा ताल, जोमसोम, मार्फा घुम्दै म्याग्दीको तातोपानी बास बस्न फर्किनेछन । चौथो दिन बागलुङ घुमेर पोखरा फर्किनेछन । प्रतिव्यक्ति १२ हजार ८ सय रुपैया बाट शुरुहुने तोकेको छ ।
पाँच रात ६ दिनको माथिल्लो मुस्ताङ प्याकेजमा पर्यटक लोमान्थाङ पुग्नेछन । नेपाल–चीन सिमाना कोरला नाका, ऐतिहासिक छोसेर गुफा र मुस्ताङका अन्य पर्यटकीय स्थल पर्यटकले घुम्न पाउनेछन । यस प्याकेजमा एक जनाले २५ हजार ५ सय रुपैयाबाट शुरु हुने बताउनु भयो । हरेक प्याकेजमा होटलको स्तर, पर्यटकको संख्या मुल्यमा फरक मूल्य छ ।
नाट्टा गण्डकीले पर्यटकीय यिनै प्याकेज सवारीसाधन ३५ प्रतिशत शुल्कमा छुट प्रदान गरेको छ । यी प्याकेज पर्यटकले नजिकको ट्राभल एजेन्सीबाट लिन सक्ने कोषाध्यक्ष पहारीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?