धरान, कात्तिक १७ गते । पर्यटकीय नगरी धरानमा पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा ९¥याफ्टिङ० शुरु गरेपछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् ।
पाराग्लाडिङपछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाईन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको जिपलाइन खेल सात महिनापछि आजबाट शुरु भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भएपछि बन्द भएको थियो ।
भेडेटारमा २ वर्ष अध्ययन गरेर करिब ३ करोड लगानीमा जिपलाइन शुरुआत गरेको सञ्चालकमध्येका एक विवश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०÷४० सेकेण्ड लाग्छ । क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइदै आएको छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन भने सुपरम्यानमा उडे झै गरी फ्लाइङ गर्छन । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको एक हजार दुई सय, सुपरम्यानको एकहजार पाँच सय र कपलको एकहजार आठ सय रुपियाँ मूल्य तोकिएको छ ।
तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट९हार्नेस० २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सय केजीसम्मको रहेको कम्पनीले जनाएको छ । साहसिक पर्यटकको ५ लाखका बीमा पनि भएकोले सुरक्षाको चिन्ता लिन नपर्ने सञ्चालक बताउँदछन् ।
नेपालमा हँुदै आएका १६ वटा साहसिक खेलमध्ये पाँच÷छ वटा खेल धरानमा सम्भावना रहेको धरान उपमहानगरपालिकाका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले जानकारी दिनु भयो । उहाँका अनुसार धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ जिपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना छ । साइकिलिङ बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् । धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मूलघाटबाट चतरासम्म जलयात्रा ९¥याफ्टिङ० सेवा दिदै आएका छन् । छोटी मोरङ र दानाबारीबाट पाराग्लाइडिङको उडान भइरहेको छ ।