logo
२०८१ मंसिर ११ मंगलवार



कतारका राजकुमारसहितको टोलीद्वारा आमादब्लम हिमाल आरोहण

पर्यटन |


कतारका राजकुमारसहितको टोलीद्वारा आमादब्लम हिमाल आरोहण


सन्तोष राउत
सोलुखुम्बु, कात्तिक २६ गते । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले सोलुखुम्बुको छ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालको शिखर चुम्नुभएको छ ।
राजकुमार शेख मोहमदसहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जनाको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहितको टोली करिब दुई साताअघि काठमाडौँबाट लुक्ला हँदै आधारशिविर प्रस्थान गरेको थियो । आरोहणको लागि डोरी फिक्सिङको काम सकिएपछि मौसम  अनुकुल भएकाले छिटै आरोहण सफल भएको हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले बताउनभयो । आरोहण टाली काठमाडौँ फर्किने उहाँको भनाइ छ ।
टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेशी र ११ जना नेपाली गरी १६ जना छन् । जसमा छ जना विदेशी र ११ जना नेपाली गरी १४ जनाले हिमाल आरोहण गरेका हुन् । अन्य हिमालभन्दा कमै आरोहण हुने आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।
यसअघि बहराइनका राजकुमार र तीन जना नेपालीको टाेली गरी दुई समूहले छ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?