logo
२०८२ असार ३ मंगलवार

  दृश्य समाचार  



काँक्रोलाई बच्चा जस्तै च्यापेर सन्तान माग्न पुग्छन् पर्यटकीय जटा पोखरी

पर्यटन |


काँक्रोलाई बच्चा जस्तै च्यापेर सन्तान माग्न पुग्छन् पर्यटकीय जटा पोखरी


कैलाश लामा
चरिकोट,दोलखा मंसिर ७ गते । दोलखाको जिरी नगरपालिका १ र रामेछापको गोकुलगंगा गाउँपालिका १ को सिमानामा अवस्थित जटा पोखरी र पाँच पोखरी प्रसिद्ध धार्मिक स्थल हो ।
यहाँ मनले मागेको कुरा पुग्ने जनविश्वास रहिआएकोले नेपालको मात्रै नभई भारतीय भक्तजनहरु समेत दर्शनका लागि आउने गर्दछ ।


यो चर्चित धार्मिक स्थल जटापोखरीमा निसन्तान दम्पतिले सन्तन, विवहा नभएका पुरुष तथा महिलाका लागि, भनेजस्तो श्रीमान, श्रीमती र पारिवारिक सुखशान्ति मिल्ने भएकाले पनि धेरै भक्तजनहरू जटा पोखरी, पाँच पोखरी पुग्ने गरेको गौरीशंकर गाउँपालिकाको स्थानीय टीका गुरुङले बताउनुभयो । निःसन्तान दम्पतीले काक्रोलाई बच्चा जस्तै बनाएर कोक्रोमा बोकेर पोखरी घुम्दै ठूलो स्वरमा सन्तान माग्ने गरेको उहाँले बताउनुभयो ।
जट्टा पोखरी समुद्री सतहबाट चार हजार २५० मिटरको उचाईमा अवस्थित छ भने पाँचपोखरी जटापोखरीभन्दा ठिक माथि छ । चार हजार ६०५ मिटरको उचाईमा अवस्थित पाँच पोखरी पुग्न जटापोखरीबाट ४५ मिनेटदेखि एक घण्टाको उकालो चढ्नुपर्ने हुन्छ ।
एउटै पोखरीमा बीचबीचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ । तीनवटा अग्ला पहाडको बीचमा अवस्थित यी पोखरीहरू धार्मिक महत्वको मात्रै नभएर प्राकृतिक रुपमा समेत सुन्दर र आकर्षक छन् ।
जटा पोखरीमा पाँच पोखरीबाट पानी बग्ने गर्छ। यी दुवै पोखरीहरुमा भगवान महादेवको बास रहने जनविश्वास रहिआएको छ । त्यसैले जटा पोखरी दर्शन पछि पाँच पोखरी दर्शन गर्ने चलन छ ।
यो स्थानलाई हिन्दुवौद्धधर्मालम्बिहरुको संगमस्थलको रुपमा समेत मान्ने गरेको गौरीशंकर गाउँपालिका नेकपा अध्यक्ष जंग गुरुङले बताउनुभयो।
जनैपूर्णिमाको दिन मेला भर्न दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चो, भक्तपुर, सर्लाही मात्र नभएर भारतको सिक्किमसम्मका हिन्दु र वौद्धधर्मालम्बिहरु यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ ।
जटा पोखरी, पाँच पोखरी आसपासको क्षेत्रमा पाँचऔले, जटामसी, विषमार, पदमचाल, चिराइतो लगाएतको जडिबुटीका साथै, सुनपाती र धुपीहरु प्रसस्तै पाउँछ।
यहाँ पुग्न दोलखाको जिरी हुँदै रामेछापको गर्जाङ पुगेर पैदल यात्रा तय गर्नुपर्छ । त्यसैगरी दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ६ चंखुबाट समेत पैदल यात्रा तय गर्न सकिन्छ ।
पैदल यात्रामा अनेकौं प्राकृतिक दृश्यले मनलाई लोभ्याई राख्ने भएकोले थकाईको खासै महशुस हुँदैन ।
हिमालको फेदीमा अवस्थित भएकोले जाडो याममा पोखरीहरु हिउँले ढाक्छ भने गर्मी मौसममा हिउँ पग्लिएपछि पोखरीहरु सुन्दर देखिनुका साथै आसपासका क्षेत्रमा अनौठो खालको चट्टान र हरियाली बुट्ट्यानको मनोरम दृश्य हेर्न सकिने गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम बहादुर खड्काले बताउनुभयो ।
उहाँले यो क्षेत्रलाई धार्मिक तथा पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि ठाउँठाउँमा होमस्टे निर्माण गर्ने योजना रहेक बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?