logo
२०८१ मंसिर ११ मंगलवार



अन्तरराष्ट्रिय पर्वतकीय पर्यटक संघमा धार्चे गाउँपालिका पहिलो सदस्य

पर्यटन |


अन्तरराष्ट्रिय पर्वतकीय पर्यटक संघमा धार्चे गाउँपालिका पहिलो सदस्य



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २३ गते । गोरखा जिल्लाको धर्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतकीय पर्यटक संघमा नेपालबाट पहिलो सदस्य गाउँपालिका भएको छ । इन्टरनेसनल माउन्टे टुरिष्ट एलान्यस (आइएमटीए)ले एकमहिनाअघि मात्र सो गाउँपालिकालाई सदस्यता प्रदान गरिएको सो गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिनुभयो ।

पर्वतकीय पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको विकाश गर्ने उद्देश्यका साथ यस गाउँपालिकाले विभिन्न अन्तरिक तथा वाह्य गतिविधि बढाएसँगै उक्त सदस्यता प्राप्त गरेको हो । यसैगरी, नेपाल पर्यटन बोर्डका सदस्य अवधेश दासले धार्चे गाउँपालिकालाई विश्वमै पहिलो पटक आइएमटिए (इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स) को सदस्यता पाउनु राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।

उक्त संस्थाबाट सदस्यता प्राप्त गरेपछि हालै उक्त गाउँपालिकाले बुढीगण्डकीमा ¥याफ्टिङ, साहसिक खेल क्यानोइनिङ, प्याराग्लाइदिङ, रक क्लाइमिङ्ग तथा फिसिंग प्याकेजसहितको पर्वतकीय मनोरञ्जनात्मक गतिविधि आयोजना गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष गुरुङले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले आउँदो माघ १५ गते मितिनी मेलाको उपलक्ष्यमा हेलिकोप्टरबाट तल्लो मनास्लु र माथिल्लो मनास्लुको अध्ययन गर्ने, इपिसेण्टर साइक्लिङ टे«लमा साइक्लिङ गर्नेसहितका सबै इभेण्टहरु जोडेर प्याकेज घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

समितिले लामो दुरी ¥याफ्टिङ गर्नेका लागि तातोपानीदेखि लापुवेशीसम्म र छोटो दुरीमा ¥याफ्टिङ गर्न चाहनेलाई माछाखोलादेखि लापुवेशीसम्मको प्याकेज खुल्ला गरिनुका साथै छरिएर रहेको तातोपानीका मुहानलाई व्यवस्थित गरी कुण्ड तयार गर्ने योजनाका साथ काम अगाडि बढिसकेको उहाँले बताउनुभयो । माछेखोलास्थित हालै भएको कार्यक्रममा ७० जनाले ¥याफ्टिङ र २५ जनाले क्यानोनिङमा सहभागी जनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?