logo
२०८१ मंसिर ११ मंगलवार



लिमी पर्यटकीय गाउँमा छनोट

पर्यटन |


लिमी पर्यटकीय गाउँमा छनोट


हुम्ला समाचारदाता

हुम्ला, पुस ११ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँलाई पर्यटकीय गाउँका रूपमा छनोट गरिएको छ । संरक्षित क्षेत्रसमेत रहेको लिमीमा पर्यटकीयस्थल धेरै भएका कारण पर्यटकीय गाउँका रूपमा छनोट गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको छनोटका आधारमा लिमी उपत्यका पर्यटकीय गाउँका रूपमा छनोट भएको डिभिजन वन कार्यालयका प्रमुख निरज झाले बताउनुभयो । उहाँले छनोट भएसँगै पर्यटक गाउँका लागि आवश्यक पूर्वाधार र अन्य पक्षको विकास गर्ने बाटो खुलेको उल्लेख गर्नुभयो । कार्यालयमा बसेको गाउँपालिकाका अध्यक्षहरूसँगको बैठकबाट लिमीलाई पर्यटक गाउँका रूपमा छनोट गरिएको हो ।
पर्यटक आकर्षित गर्ने कार्यक्रम चालू आर्थिक वर्षमा सञ्चालन गर्ने उहाँको भनाइ छ । नेपाली भूभाग लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने, जङ्गली चौँरी, घोडा, एक हजार दुई सय वर्ष पुरानो गुम्बा, तातोपानीको कुण्ड, ताल, उच्च पाटन, मिनी कैलाश, नाउर, फरक संस्कृति, बहुपति प्रथाजस्ता पक्ष लिमीलाई पर्यटक गाउँका रूपमा विकास गर्न सहयोगी पक्ष रहेका छन् ।
कोरोना कहरले गर्दा यस वर्ष लिमीमा मानसरोवर कैलाशको दर्शन गर्न जानेबाहेक अन्य आन्तरिक तथा बाह्य पर्यटक नआए पनि अघिल्ला वर्षमा दुवै खाले पर्यटक जाने गर्दथे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?