logo
२०८१ मंसिर १० सोमवार



टिकटक पार्कमा पर्यटक आउन थाले, स्थानीय खुशी

पर्यटन |


टिकटक पार्कमा पर्यटक आउन थाले, स्थानीय खुशी


अमरराज नहर्की
तनहुँ, माघ २० गते । तनहुँको व्यास नगरपालिका १० परेवाडाँडामा निर्माण गरिएको पिजन हिल टिकटक पार्क पर्यटकको रोजाईमा पर्न थालेको छ । पार्क हेर्न र टिकटिक बनाउनेको भीड बढ्न थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
पार्कभित्र चिल्ड्रेन फनपार्क, टिकटक ब्रिज, आकर्षक शिवको मूर्ति, गुफा आकारको कफी हाउस, परेवाको मूर्ति, लठ्ठे पिङ निर्माण गरिएको छ । व्यक्तिगत लगानीमा नै हालै पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि ८० लाख रुपियाँ लगानी गरिएको सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो ।
‘‘युवायुवतीहरुको टिकटकप्रति मोह बढ्दै गएकोले लोभ्याउन लागि पार्क निर्माण गरेको पर्यटक बढेपछि उत्साह जागेको सापकोटाले बताउनुभयो । दैनिक २ सयभन्दा बढी पर्यटकहरु आउने गरेको सापाकोटाले जानकारी दिनुभयो । पर्यटकको रोजाईमा पर्दै गएकोले सोही पार्क वरपरको क्षेत्रमा स्वीमिङ पुल, पिकनिक स्पोर्ट, स्काइ साइक्लिनिङ निर्माण गरिने सापकोटाले बताउनुभयो ।
पार्कको व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटाले हालै उद्घाटन गर्नुभएको छ । वडाअध्यक्ष सापकोटाले साहसिक लठ्ठे पिङ खेलेर पार्कको शुभारम्भ गर्नु भयो । उक्त टिकटक पार्क निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकको प्रवर्धनमा टेवा मिल्ने अध्यक्ष सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।
‘‘यस क्षेत्रको व्यापार व्यवसाय प्रवर्धनका साथै व्यास नगरपालिकाको पहिचानमा थप गर्न मद्धत गरेको छ’’ अध्यक्ष सापकोटाले भन्नुभयो । युवा व्यवसायीद्वारा सञ्चालित टिकटक पार्कले स्थानीयहरुलाई रोजगारी दिन र आयआर्जनका अवसरहरु सिर्जना गर्न समेत सहयोग पुग्ने विश्वास वडाध्यक्ष सापकोटाले लिनुभयो । व्यवसायी सापकोटाले पिजन हिल होटल सञ्चालन गर्नु भएको छ । टिकटक पार्कमा सोचे भन्दा बढी पर्यटक आउन थालेकोले व्यावसायमा वृद्धि भएको सापकाेटाले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?