logo
२०८१ मंसिर १० सोमवार



पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम   

पर्यटन |


पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम   


गण्डकी, माघ २० गते । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालिम शुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एकमहिने आधारभूत चिनियाँ भाषा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो । तालिममा ४२ पर्यटन व्यवसायी सहभागी छन् ।

 तालिमको सोमबार आयोजित शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनः स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।    
    
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै यो तालीम बहुउपयोगी बन्ने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल पर्यटन गतिविधिलाई चलायमान बनाउन विभिन्न प्रवर्धनात्मक कार्यक्रम गरिएको बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?