logo
२०८० चैत्र १६ शुक्रवार



नाम्खा गाउँपालिकाको पर्यटन गुरुयोजनाको तयारी अन्तिम चरणमा

तयारी अन्तिम चरणमा

पर्यटन |


नाम्खा गाउँपालिकाको पर्यटन गुरुयोजनाको तयारी अन्तिम चरणमा


राजन रावत

हुम्ला (सिमकोट) माघ २८ गते । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले पर्यटन गुरुयोजनाको तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रसस्त पर्यटनको सम्भावना भएको कारण त्यसको प्रवर्धन गर्न गाउँपालिकाले आफ्नै लगानीमा गुरुयोजना तयार गर्न लागेको थियो ।

पर्यटन क्षेत्रको धेरै सम्भावना भएको कारण, त्यसको विकास, प्रवर्धन र प्रचार प्रसारका लागि नाम्खा गाउँपालिकाले पर्यटन गुरु योजना तयार गर्ने कार्यक्रम अनुसार त्यो अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले जानकारी दिनु भयो । गाउँपालिकाको यो कार्यले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नाम्खाको पर्यटन क्षेत्रका पर्यटकहरुलाई आर्कषण गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । तयार भएको गुरु योजनामा बिज्ञको राय सुझाव लिने कार्य पनि सम्पन्न भएको र अब गाउँ कार्यपालिकाको बैठकले पारित गरेर गुरुयोजनाले कार्यान्वयनकाे रुप पाउने भएको छ ।

झरना, रक क्लाईमिङ, नदी नाला, ताल तलैया, नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन, जंगली जनावर, लिमी भ्याली, चीनसँगको हिल्सा काम, एक हजार दुई सय वर्ष पुरानो हल्जी गुम्वा, लिमीको संस्कृति, नेलु र बहुपति प्रथा, लिमीको साँस्कृति लगायतका पर्यटकहरुलाई आकर्षित गर्ने पक्ष नाम्खा गाउँपालिकामा रहेका छन् । यसको प्रचारप्रसार गर्न र गुरु योजनाले सहयोगी निकायलाई नाम्खाको पर्यटन क्षेत्रको बारेमा जानकारी लिन सहजता प्रदान गर्ने बिस्वास गाउँपालिकाले लिएको छ ।

यसको प्रवर्धन र दिगो बिकास गर्नका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गर्नु परेको अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिका गुरुयोजना तयारीको लागत सबै ब्यहोर्ने जनाएको छ । हुम्लाका सात वटा गाउँपालिका मध्य पर्यटन क्षेत्र सम्वन्धी गुरुयोजना बनाउने पहिलो गाउँपालिका नाम्खा भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?