logo
२०८१ मंसिर १० सोमवार



अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति, नयाँ कीर्तिमान कायम हुने

पर्यटन |


अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति, नयाँ कीर्तिमान कायम हुने



छेटु शेर्पा
काठमाडौं, चैत १९ गते । यस वर्षको वसन्त ऋतुमा अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि सबैभन्दा धेरै ४४ जनाले आरोहण अनुममति लिएका छन् । पर्यटन विभागको बुधबारको तथ्याङक अनुसार चारवटा आरोहण दलबाट ४४ जना आरोहीले आरोहण अनुमति लिएका हुन् ।

अघिल्लो वर्षहरुमा कम मात्रामा आरोहण हुने यस हिमालमा यस वर्ष २९ जना पुरुष र १५ जना महिला आरोहीले आरोहण गर्ने भएका छन् । यसवर्ष छजना नेपाली महिला आरोहीले सफल आरोहण गरे नयाँ कीर्तिमान कायम हुनेछ । हालसम्म अन्नपूर्ण हिमालमा नेपाली महिलाले आरोहण गर्न सकेका छैनन् ।

विभागको आइतबारसम्मको तथ्याङ्क अनुसार सगरमाथाका लागि तीन आरोहण दलबाट ३१ जना, मनास्लुका लागि एक, ल्होत्से पाँच, नुप्से चारजना लगायत ८६ जना छवटा हिमालका लागि आरोहण अनुमति लिएका छन् । आरोहीहरुबाट चार करोड ९२ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । कोरोना महामारी भए पनि यस वर्ष हिमाल आरोहणको संख्या उत्साहजनक रहेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले बताउनुभयो । चीनले आरोहण बन्द गरेपछि सगरमाथामा समेत आरोहीको भीड लाग्ने देखिएको भन्दै आरोहणलाई व्यवस्थापन गर्न विभाग लागि परेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?