logo
२०८१ मंसिर १० सोमवार



काेराेना कहरबीच वसन्तऋतुमा आरोहीबाट करिब २७ करोड राजस्व

पर्यटन |


काेराेना कहरबीच वसन्तऋतुमा आरोहीबाट करिब २७ करोड राजस्व


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २७ गते । वसन्तऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीबाट २४ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विश्वको सर्वोच्च शिखर आरोहणमा विदेशी आरोहीहरुबाट सलामी रकम वापत सो रकम संकलन भएको पर्यटन विभागले जनाएको छ ।

विभागको बिहीबारसम्मको तथ्याङक अनुसार नौ वटा हिमालबाट मात्रै २७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै सगरमाथाबाट राजस्व संकल नभएको छ भने त्यस पछि अन्नपुर्ण हिमालबाट ९१ लाख ६७ हजार र ल्होत्से हिमालबाट ८१ लाख ८६ हजार छ । सगरमाथा आरोहण गर्न एकजना विदेशी आरोहीले ११ हजार अमेरिकी डलर बुझाउनुपर्ने व्यवस्था छ । दुई वर्ष अघिको तुलनामा यस वर्ष आरोहीको संख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेको ४१४ वटा हिमालमध्ये ४०३ वटा हिमालबाट राजस्व संकलन गर्ने गरेको छ । यस बाहेक ११ वटा हिमाल भने पाँच हजार सात सय मिटरभन्दा होचो भएका कारण आरोहण निःशुल्क हुने गरेको छ । सरकारले पाँच हजार सात सय मिटरभन्दा होचा हिमाललाई पदयात्रा हिमालको रुपमा नामकरण गरी आरोहण निःशुल्क गरेको हो । यी बाहेक २७ वटा साना हिमालबाट नेपाल पर्वतारोहण संघले राजस्व संकलन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?