logo
२०८२ असार २ सोमवार

  नाम मात्रका सम्पर्क अधिकृत  



एकजना पनि पुगेनन् आधार शिविर, तत्काल जान निर्देशन

पर्यटन |


एकजना पनि पुगेनन् आधार शिविर, तत्काल जान निर्देशन


छेटु शेर्पा
काठमाडौं, बैशाख ११ गते । पर्यटन विभागले विभन्न हिमालको अरोहीहरुको रेखदेख गर्न आधार शिविरमा खटाएका सम्पर्क अधिकृतलाई तत्काल जिम्मेवारी पूरा गरी आधार शिविर जान निर्देशन जारी गरेको छ ।
पर्यटन ऐन २०३५ को दफा २० तथा पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम ८ बमोजिम सम्पर्क अधिकृतहरुलाई जिम्मेवारी दिएर आधार शिविरमा खटाइए पछि एक महिना वित्दासमेत उक्त क्षेत्रमा नपुगेको पाइएको भन्दै तत्काल खटाईएका हिमालमा जान सूचना प्रकाशन  गरी निर्देशन दिएको छ ।
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ ले एक आरोहण दलका लागि एक जना सम्पर्क अधिकृत खटाउनुपर्ने व्यवस्था गरेको छ । सगरमाथामा ४२, ल्होत्सेमा ११, नुप्सेमा तीन र पुमोरीमा दुई आरोहण दल गरी सगरमाथा आधार शिविरका लागि मात्र ५८ आरोहण दलले अनुमति लिएका छन् । एक आरोहण लका लागि एक जना सम्पर्क अधिकृत खटाउनुपर्ने व्यवस्था अनुसार विभागले ५८ जनानै सम्पर्क अधिकृत सगरमाथा आधार शिविरमा खटाए पनि एक महिना वित्दासमेत एक जना पनि आधार शिविरमा नपुगेको पाए छि विभागले थप कडाइ गरेको महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । यी चारवटै हिमाल आरोहण गर्दा एउटै आधार शिविर प्रयोग गर्ने गरिन्छ ।
कानुनमै उल्लेख गरेर सरकारले सम्पर्क अधिकृतलाई आरोहण एजेन्सीबाट सेवा सुविधा दिनु दिनुपर्ने उल्लेख गरेको छ । यसरी आधार शिविर जानु घि नै सम्पर्क अधिकृतले एजेन्सीबाट जनही दुई लाखभन्दा बढी एक पटकमा लिएर काज सुविधासहित जिम्मेवारी वहन नगर्ने गरेको पाइएको छ । दुई वर्ष अघिको भन्दा धेरै आरोहीले सगरमाथा आरोहणका लागि अनुमती लिएका छन जसमा ४२ आरोहणदलबाट ३९४ जना रहेको विभागको तथ्याङक छ । अन्नपूर्ण हिमालको आरोहण सम्पन्नभई सके पनि त्यस क्षेत्रमा खटिएका चा। जनामध्ये कोही पनि आधार शिविर पुगेका थिएनन् ।
१६ वटा हिमाल आरोहणका लागि ७९ वटा आरोहण दलबाट ६८९ जना आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ । यी आरोहीबाट ५२ करोड ५५ लाख राजश्व सकलन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?