logo
२०८१ जेष्ठ ३ बिहीवार



नापी सर्भेयर धिताल सहितकाे टाेली सगरमाथा शिखरमा पुग्न सफल 

पर्यटन |


नापी सर्भेयर धिताल सहितकाे टाेली सगरमाथा शिखरमा पुग्न सफल 


गाेरखापत्र अनलाइन 

काठमाडौं, जेठ १७ गते । नापी विभागका सर्भेयर युवराज धितालले सगरमाथा आरोहण गर्नुभएको छ । आज  बिहानको ८ः३० उहाँ सहितको आरोही टोलीले सगरमाथा आरोहण गर्न सफल हुनुभएको  पिक प्रमोसन नेपालका प्रमुख बाबु शेर्पाले जानकारी दिनुभयाे।
धिताललाई चुचुरोसम्म पुग्न आरोही गाइड नुरी शेर्पाले सहयोग गरेका थिए । सन् २०१९ मा सगरमाथाको उचाई मापनका लागि नापी विभागका सर्भेयर खिमलाल गौतम सहितको कर्मचारी टोलीले सगरमाथा आरोहण गर्नुभएको थियो । यो सहित गरि नापी विभागका तीन जना सर्भेयरहरूले सगरमाथा आरोहण गर्न सकेका छन् ।
थप एक निजामती कर्मचारीको पाईला सर्वोच्च चुलीमा पर्न सफल भएको छ। हालसम्म सर्भेयर युवराज धिताल सहित ११ जना निजामती कर्मचारीहरुले सगरमाथा आरोहण गरेको पहिलो सर्भेयर आरोही गौतमले जनाएका छन। अव यो मौसमको सगरमाथा आरोहण अन्तिम अवस्थामा पुगेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । यस वर्ष ४०८ जना आरोहीले आरोहण अनुमती लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले आरोहण सम्पन्न गरी सकेको समेत श्रेष्ठले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?