काठमाडौं,असोज २० गते । काभ्रेजिल्लाको पनौती नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पर्यटकीय क्षेत्रहरु समेटिएको हाते पुस्तिका विमोचन गरिएको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पालिकाको पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको जानकारी सहित उक्त क्षेत्रको ऐतिहासिकताको बारेमा पनि जानकारी गराईएको थियो । देशको राजधानी काठमाडौंबाट ३२ कलोमिटरमा रहेको पनौती पुरातात्विक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका संबिधानसभाका सदस्य रामहरि सुवेदीले पनौती बहुसांस्कृतिक,बहुभाषिक क्षेत्र भएकाले यस क्षेत्रले पर्यटकहरुलाई लोभ्याउने बताउनुभएको थिया । पनौती नगरपालिका काठमाडौंदेखि नजिक पर्ने भएकाले पनि यहाँको बहुआउामिक क्षेत्रहरुले पर्यटकलाई आकर्षित गर्न सक्ने बताउनुभयो । अबको पर्यटन पुरातन सँगै आधुनिकता तर्फ पनि केन्द्रित हुन उहाँको आग्रह थियो ।
नेपालमा प्रचलित पर्व योमरी पूर्णे यहिँबाट सुरुवात भएको मानिन्छ भने १६ औ शताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर पनौतीको प्रमुख देवीका रुपमा रहेको जानाकारहरुको भनाई रहेकाे बताइएकाे छ ।