काठमाडौं, कात्तिक २१ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक कात्तिक २८ गते आइतबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे केन्द्रीय कार्य समितिको बैठक बस्न लागिएको केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा काँग्रेसको चौधौं महाधिवेशन सम्बन्धमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिमा सो बैठक बस्ने पौडेल बताउनुहुन्छ । ‘पार्टीको चौधौं महाधिवेशनको मंसिर २४ गते उद्घाट सत्र हुँदैछ । महाधिवेशनलाई कसरी भव्यताका साथ सम्पन्न गर्ने भन्ने विषयमा छलफल हुनेछ । काँग्रेसको क्रियाशील सलस्यता सम्बन्धि विवाद पनि ९९ प्रतिशत सकिएको छ ।’, पौडेलले बताउनुभयो ।