logo
२०८१ मंसिर ७ शुक्रवार



मर्मतपछि निगमको वाइडबडीबाट उडान सुरू

पर्यटन |


मर्मतपछि निगमको वाइडबडीबाट उडान सुरू


काठमाडौं, पुस १६ गते । प्राविधिक समस्या भएपछि उडान गर्न नसकेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज मर्मतपछि नियमित उडान सुरु गरेको छ ।  निगमले विज्ञप्ति प्रकाशित गर्दे काठमाडौंबाट जापानको नारिता उडानको तयारीका क्रममा विमानमा आवश्यक चेकजाँच गर्दा वाइडबडी ३३० एन एएलवाइ विमानमा इलेक्ट्रिकल कन्टाक्टर मेनेजमेन्ट युनिटमा समस्या देखिएको जनाएको थियो ।

उक्त जहाज मर्मतका लागि श्रीलङ्काबाट आवश्यक पाटपुर्जा ल्याएर मर्मत गरेपछि काठमाडौं–दिल्ली नियमित उडान सुरू गरेकाे निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो ।

प्राविधिक समस्यापछि मर्मतको क्रममा रहेको न्यारोबडी ए ३२० विमानले भने चाँडै उडान सुरु गर्नेछ । मङ्गलबार दोहामा अवतरण गरेर पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको न्यारोबडी ए ३२० विमान एन एकेडब्लू  हाल मर्मतको क्रममा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?